सत्यलाई पछ्याउनुहोस्, सरकारलाई अविश्वास गर्नुपर्ने कारण छैन : प्रधानमन्त्री « Khabarhub

सत्यलाई पछ्याउनुहोस्, सरकारलाई अविश्वास गर्नुपर्ने कारण छैन : प्रधानमन्त्री


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत पाउने विश्वास रहेको बताका हुन् । उनले अहिलेको सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले समेत अन्तिम समयसम्म विश्वासको मत कायमै राखेको भन्दै अहिले पनि समर्थन गर्न आग्रह गरे ।

उनले राजनीतिमा कहिलेकाँही भनाभन भएपनि अहिले विश्वासको मत पाउने आशा रहेको बताए । उनले भने, ‘राजनीतिमा कहिले कहिले भनाभन पनि हुँदोरहेछ । कोही साथीले के भन्ने कोहीले के भन्ने अनि मैले पनि अलिअलि भनेहुँला ।’

माओवादी केन्द्रले संसद पुन:स्थापना भएको लामो समयसम्म पनि विश्वासको मत कायमै राखेको भन्दै प्रधानमन्त्री ओलीले भने,‘पार्टी अलग भएर पनि विश्वासको मत फिर्ता लिनुभएन । मैले आफैँले विश्वासको मत लिन्छु भनेपछि बल्ल समर्थन फिर्ता लिनुभयो । कुनै दलले विश्वासको मत नदिने निर्णय नै गरेर आएको भएपनि संविधानको धारा १ सय १ को उपधारा १ बमोजिम संसदको विश्वासको मत माग्न चाहन्छु ।’

आफ्नो नेतृत्वको सरकारले गरेका काम हेरेर पनि विश्वासको मत दिने आशा रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यस सदनले म छँदाछँदै अर्को प्रधानमन्त्री कसरी बनाउँला र ? हुन्न भन्ने पक्षमा कसरी रेजा लगाउन सक्नुहुन्छ । फोन पनि गर्दैन प्रधानमन्त्रीले भनेर अलिअलि रिस थियो, कि ? मैले कामले नभ्याएर हो कसैलाई फोन नगरेको । यस सदनले ३ वर्षभन्दा बढी प्रधानमन्त्रीको हैसियतमा रोष्ट्रममा उभिएको छु । यही सदनको विश्वासले फेरि पनि म रहनेछु ।’

ओलीले भने, म विश्वास गर्छु, हामी सार्वभौम जनताको प्रतिनिधित्व गरेर यहाँ उभिएका छौँ, सार्वभौम जनताको प्रतिनिधित्व हामी गर्छौँ । यस्तो अवस्थामा स्वार्थबाट निर्देशित भएर होइन, कहाँ आबद्ध छु भनेर हैन । सत्यलाई पछ्याएर निर्णय गर्नुपर्छ । हामीलाई सत्यलाई पछ्याउछौं भने वर्तमान सरकार कुनै हिसाबले विश्वास नगर्नुपर्ने सरकार होइन ।’

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  २ : ५० बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका