सरकारविरुद्ध मिथ्या आरोप लगाइयो, इमानको छातीमा हात राखेर बोल्नुहोस् : प्रधानमन्त्री « Khabarhub

सरकारविरुद्ध मिथ्या आरोप लगाइयो, इमानको छातीमा हात राखेर बोल्नुहोस् : प्रधानमन्त्री


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध मिथ्या आरोप लगाइएको बताएका छन् ।

सोमबार विश्वासको मत लिन आह्वान गरिएको संसद बैठकमा विपक्षी दलका नेताले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका लागि आफूले विश्वासको मत लिन चाहेको बताए ।

सरकारविरुद्ध मिथ्या आरोप लगाइएको आरोप लगाउँदै उनले विपक्षी दललाई इमानको छातीमा हात राखेर बोल्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिने अवस्था नरहेको दाबी गरे । उनले भने, ‘म राजीनामा गर्थेँ तर बहुमत छ आफूसँग, कसरी राजीनामा गर्ने ?’  विश्वासको मत नभए सदनले राजीनामा देऊ भनेर आदेश दिए मार्ग प्रशस्त गर्ने उनले बताए ।

सरकारको विरोध गर्ने तर विकल्प नदिने भन्दै आक्रोश पोखे । उनले सरकारको कामलाई लिएर ‘इनफ् इज इनफ्’ भनिएपछि आफूले ‘लौ त इनफ्’ भनेर देखाइदिएको बताए ।

प्रधानमन्त्री ओलीले विकास निर्माणमा आफ्नो सरकारले गति दिएको बताउँदै उद्घाटन गर्न हतार नगरेको तर्क गरे । उनले भने, ‘साथीहरुले धरहराको निर्माण सम्पन्न नभई उद्घाटन गर्‍यो भनेर विरोध गरे, तर धरहरा तयार नभई म कसरी टुप्पोमा पुगेँ ? यसको भ्रममा रहनु भएका सांसदहरूले भोलि गएर हेर्नु होला ।’

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ०४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना