‘कर्तव्य’ एक प्रेरक प्रसङ्ग « Khabarhub

‘कर्तव्य’ एक प्रेरक प्रसङ्ग


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्पतालमा बिरामीहरु प्रमुख डाक्टरको प्रतीक्षा गरिरहेका थिए । नर्स र कम्पाउन्डर कुर्सीमा आनन्दसँग बसिरहेका थिए । तर एकजना अग्लो मान्छे लामो कोट लगाएर यताउता गर्दै प्रत्येक स्थान र वस्तुलाई नियालिरहेको थियो । त्यही बेला प्रमुख डाक्टर आइपुगे । त्यो व्यक्तिले हत्तपत्त डाक्टरलाई समात्न पुग्यो ।

डाक्टरले सोधे— ए मिस्टर तपाइँको हो ? यहाँ के गर्दै हुनुहुन्छ ?

उसले भन्यो— डाक्टर साब, मेरो बुवा अत्यन्त बिरामी हुनुहुन्छ ।

डाक्टरले भने— बिरामी भए उनलाई यहाँ भर्ना गर्नुस न ।

उहाँ धेरै कमजोर हुनुहुन्छ । उहाँलाई यहाँ ल्याउन सम्भव छैन । तपाइँत्यहीँ हिँड्नुहोस् न । उसले आदरपूर्वक भन्यो ।

तर डाक्टरले उसलाई हकारे— के बहुलठ्ठी कुरा गरेको ? म तपाईंको घरमा कसर जान सक्छु ?

यदी रोगी मर्ने अवस्थामा रहेछ भने पनि तपाइँ जान सक्नुहुन्न ? उसले भन्यो ।

डाक्टरले उसलाई हकार्दै भने— धेरै बोल्न जरुरी छैन । तपाइँकोसँग कुरा गर्दै हुनुहुन्छ थाहा छ ? के चिफ सिभिल सर्जनसँग गरिने व्यवहार यस्तै हुन्छ ?

यो सुनेर त्यो व्यक्ति एकछिन तिल्मिलायो । उसले बडो रवाफका साथ भन्यो— मैले अहिलेसम्म तिमीलाई राम्रो मुखले भनिरहेको छु । मलाई तिमीसँग बोल्ने ढङ्ग सिक्नु जरुरी छैन । तिमीलाई थाहा छैन, तिमी कोसँग कुरा गरिरहेका छौ ?

डाक्टरको रिसको पारो चढ्यो । उसले अस्पतालको गार्डलाई बोलायो र भन्यो— यो पागललाई पागलखानामा पठाइदेऊ ।

जब गार्ड समात्न अघि सर्‍यो, त्यो अग्लो व्यक्तिले आफ्नो कोर्ट फुकाल्यो । डाक्टरले देखे, सामुन्ने कुनै साधारण व्यक्ति थिएन । सैनिक पोसाकमा एक शक्तिशाली कर्णेल उभिएको थियो । त्यो देखेर डाक्टर हच्किए । आफ्नो देशको राष्ट्रपति कर्णेल गद्दाफीलाई सामुन्ने देखेर उनको होसहवास उड्यो ।

कर्णेल गद्दाफीले आदेश दिए— डाक्टर अब तिम्रा लागि लिबियामा कुनै ठाउँ छैन । म एक अस्पतालको होइन, पूरै देशको अनुशासित सेनापति र कर्तव्यनिष्ठ अधिकारी हुँ । जुन मान्छेले आफ्नो कर्तव्य निभाउन जान्दैन, उसलाई यो देशमा बस्ने कुनै हक छैन ।

राष्ट्रपतिको आदेश तत्काल कार्यान्वयन गरियो । यसबाट राष्ट्रसेवा प्रत्येक नागरिकको सर्वोच्च कर्तव्य हो भनेर सबैले शिक्षा लिए ।

साभार  : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गपुस्तकबाट

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ५ : २५ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण