निषेधाज्ञाको समयमा २०० लैङ्गिक हिंसा « Khabarhub

निषेधाज्ञाको समयमा २०० लैङ्गिक हिंसा


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनामा देशभर २०० लैङ्गिक हिंसाका घटना भएका छन् ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनामा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २०० लैङ्गिक हिंसाका घटना भएका हुन् ।

केन्द्रका अनुसार लैङ्गिक हिंसाका २०० घटनामध्ये २४ प्रतिशत अर्थात् (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेका छन् । केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित भइरहँदा महिला तथा बालबालिकामाथि हत्या, यौनशोषण र बलात्कारजस्ता घटना घटिरहेको बताए ।

केन्द्रका अनुसार यसै सातामात्र तीन वटा यौनजन्य हिंसाका घटना भएका छन् । सुर्खेतको गुर्भाकोट गाउँपालिका–९ मा एक किशोरीमाथि मञ्जुरीबिना मदिरा सेवन गरी यौन दुव्र्यवहार गरेको, बाँकेकी २२ वर्षीया महिलाको दाइजोमा मोटरसाइकल नपाएको निहुँमा परिवारकै सदस्यबाट हत्या भएको घटना छन् ।

यस्तै लमजुङको राइनास नगरपालिका–९ मोहोरियास्थित विद्यालयमा अध्यापन गर्ने शिक्षकले १४ वर्षीय एक किशोरीलाई पटकपटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

उक्त घटनालाई कमजोर बनाउन किशोरीलाई नै विभिन्न लाञ्छना लगाएर दोषी देखाई प्रहरीमा समेत उजुरी दर्ता गर्न अवरोध आएको केन्द्रले जनाएको छ ।

महिला र बालबालिकामाथि विभिन्न समयमा लैङ्गिक तथा यौन हिंसा भए पनि घटनालाई लुकाउनका लागि अनेक बहाना देखाउँदा न्याय प्राप्तिमा समस्या देखिएको सो केन्द्रले जनाएको छ ।

गम्भीर प्रकृतिका मानव अधिकार हननका घटना दर्ता, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाई महिलाको मानव अधिकारको सम्मान र संरक्षण गर्दै हिंसा प्रभावितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न ओरेकले सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ७ : २५ बजे

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर प्रमुखलाई आग्रह

ललितपुर – ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा