फाइजरको ५० करोड खोप खरिद गरेर ९२ मुलुकलाई अनुदानमा दिँदै अमेरिका « Khabarhub

फाइजरको ५० करोड खोप खरिद गरेर ९२ मुलुकलाई अनुदानमा दिँदै अमेरिका


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले अर्को फाइजर कम्पनीले बनाएको कोरोना भाइरसविरूद्धको ५० करोड डोज खोप खरिद गरेर ९२ मुलुकलाई अनुदानमा दिने भएको छ ।

यो योजना आगामी वर्षसम्म कार्यान्वयन गरिसक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

यो वर्ष २० करोड डोज र अर्को वर्ष ३० करोड डोज खोप विश्वका कम आय स्रोत भएका र अफ्रिकी युनियनका मुलुकलाई दिने बाइडेनको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आफ्नो पहिलो विदेश भ्रमणका क्रममा जी ७ सम्मेलनमा बेलायत जान लागेका बाइडेनले त्यहाँ यो घोषणा गर्ने तयारी गरेको ह्वाइट हाउसले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म ६४ प्रतिशत नागरिकलाई कोरोनाविरूद्धको पहिलो खोप लगाइसकिएको छ । तर कतिपय मुलुकमा खोप नै नपुग्दा अमेरिकामाथि खोप उपलब्ध गराउन दबाब बढ्दो छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ८ : २५ बजे

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित