मन्त्रिपरिषद विस्तार, खगराज अधिकारी बने गृहमन्त्री « Khabarhub

मन्त्रिपरिषद विस्तार, खगराज अधिकारी बने गृहमन्त्री


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद विस्तार गरेका छन् ।

एमाले र राजपाका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले एक राज्यमन्त्रीसहित आठ जना मन्त्री थपेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले एमाले नेता खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेकी हुन् ।

त्यस्तै जसपाका नेता राजकिशोर यादवलाई उद्योग, बाणिज्य तथा आपूर्ति, बादलपत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि माओवादी केन्द्र परित्याग गरेकी ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकास र नारदमुनि रानालाई वन तथा वातावरणमन्त्री नियुक्त गरेकी हुन् ।

त्यस्तै गणेशकुमार पहाडी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहन बानियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आशाकुमारी विकलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको छ ।

अब ओली नेतृत्वको मन्त्रिमण्डल २५ सदस्यीय बनेको छ ।

को को बने मन्त्री

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  २ : ४९ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी