पैसा जुटाउन चेस खेल्दै आमिर खान | Khabarhub Khabarhub

पैसा जुटाउन चेस खेल्दै आमिर खान


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता आमिर खान अपरिचित नाम होइन । उनले आफ्नो करियरमा कैयौं सुपरहिट फिल्म दिएका छन् । अभिनयका अलावा उनी चेस खेलको कुशल खेलाडी पनि हुन् ।

आमिर पाँच पटक चेसको विश्व च्याम्पियन भइसकेका विश्वनाथन आनन्दसँग चेस प्रतिष्पर्धा गर्ने भएका छन् । उनीहरुबीच आगामी जून १३ मा प्रतिष्पर्धा हुँदैछ ।

उनीहरुको यो प्रतिष्पर्धा कोभिड–१९ का लागि पैसा जुटाउने प्रयोजनमा हुनेछ । ‘चेकमेट कोभिड’ नाम दिइएको यो प्रतिष्पर्धामा निर्देशक सादिज नाडियाडवाला आमिरको साथमा हुनेछन् ।

चेस डटकम इण्डियाले यो प्रतिष्पर्धा आयोजना गर्न लागेको हो । ‘जुन समयको तपाईंहरुले प्रतिक्षा गरिरहनुभएको थियो । सुपरस्टार आमिर खान चेसको उत्साही प्रेमी पूर्व विश्व च्याम्पियन विशी आनन्दविरुद्ध एक मैत्रीपूर्ण प्रतियोगिता खेल्दै हुनुहुन्छ । कृपया यो प्रतियोगितालाई सफल बनाउनका लागि च्यारिटेबल सहयोग गर्दै स्वतन्त्र महशुस गर्नुहोस्’, चेस डटकम इण्डियाले ट्वीट गरेको छ ।

यसअघि पनि आमिर र विश्वनाथन एकसाथ चेस खेलिसकेका छन् । कामको कुरा गर्दा आमिर फिल्म ‘लाल सिंह चड्डा’का कारण चर्चामा छन् । फिल्ममा उनी एक सरदारको भूमिकामा देखिँदैछन् । फिल्ममा करीना कपूर खानको पनि अभिनय छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ४ : ४५ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि