पैसा जुटाउन चेस खेल्दै आमिर खान « Khabarhub

पैसा जुटाउन चेस खेल्दै आमिर खान


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता आमिर खान अपरिचित नाम होइन । उनले आफ्नो करियरमा कैयौं सुपरहिट फिल्म दिएका छन् । अभिनयका अलावा उनी चेस खेलको कुशल खेलाडी पनि हुन् ।

आमिर पाँच पटक चेसको विश्व च्याम्पियन भइसकेका विश्वनाथन आनन्दसँग चेस प्रतिष्पर्धा गर्ने भएका छन् । उनीहरुबीच आगामी जून १३ मा प्रतिष्पर्धा हुँदैछ ।

उनीहरुको यो प्रतिष्पर्धा कोभिड–१९ का लागि पैसा जुटाउने प्रयोजनमा हुनेछ । ‘चेकमेट कोभिड’ नाम दिइएको यो प्रतिष्पर्धामा निर्देशक सादिज नाडियाडवाला आमिरको साथमा हुनेछन् ।

चेस डटकम इण्डियाले यो प्रतिष्पर्धा आयोजना गर्न लागेको हो । ‘जुन समयको तपाईंहरुले प्रतिक्षा गरिरहनुभएको थियो । सुपरस्टार आमिर खान चेसको उत्साही प्रेमी पूर्व विश्व च्याम्पियन विशी आनन्दविरुद्ध एक मैत्रीपूर्ण प्रतियोगिता खेल्दै हुनुहुन्छ । कृपया यो प्रतियोगितालाई सफल बनाउनका लागि च्यारिटेबल सहयोग गर्दै स्वतन्त्र महशुस गर्नुहोस्’, चेस डटकम इण्डियाले ट्वीट गरेको छ ।

यसअघि पनि आमिर र विश्वनाथन एकसाथ चेस खेलिसकेका छन् । कामको कुरा गर्दा आमिर फिल्म ‘लाल सिंह चड्डा’का कारण चर्चामा छन् । फिल्ममा उनी एक सरदारको भूमिकामा देखिँदैछन् । फिल्ममा करीना कपूर खानको पनि अभिनय छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ४ : ४५ बजे

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा