ओलीले संविधानलाई पूर्णरूपमा 'मृत्यु शय्या'मा पुर्‍याए : वरिष्ठ अधिवक्ता त्रिपाठी | Khabarhub Khabarhub

ओलीले संविधानलाई पूर्णरूपमा ‘मृत्यु शय्या’मा पुर्‍याए : वरिष्ठ अधिवक्ता त्रिपाठी


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली पुनः मन्त्रिपरिषद् विस्तार गरेर संविधानलाई अब पूर्णरूपमा मृत्यु शय्यामा पुर्‍याएको तर्क गरेका छन् ।

संसद् भंग गरिसकेपछि प्रधानमन्त्रीले सरकारका दैनिक प्रशान चलाउनेबाहेकका अरू कुनै म्यान्डेट नपाउने बताउँदै उनेल सामाजिक सञ्जालमार्फत यस्तो तर्क गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मन्त्रिपरिषदको आज पुन: विस्तार गरेर प्रधानमन्त्रीले संविधानमाथि फेरि घातक प्रहार गर्नुभएको छ । संसद् भंग गरिसकेपछि सरकारलाई दैनिक प्रशासन चलाउनेबाहेक अरु कुनै ‘म्यानडेट’ प्राप्त हुँदैन ।’

उनले राष्ट्रपतिबाट आज जारी विज्ञप्तिमा ‘नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा’ मन्त्रिपरिषद विस्तार गरिएको छ भनि कुनै धारासमेत उल्लेख हुन नसकेको हुँदा यो कार्य गैरसंवैधनिक रहेको उनले बताएका छन् ।

‘मैले आफ्नो बहसमा संविधान बमोजिम भनेर भोलि राष्ट्रपतिबाट सर्वोच्च अदालत नै खारेज भयो भनि विज्ञप्ति निकालियो भने के गर्ने ।त्यसैगरी केपी ओलीलाई नेपालको महाराजधिराज घोषित गरिएको छ भनि भोलि राष्ट्रपतिबाट विज्ञप्ति निस्किन सक्ने प्रचुर खतरा देखियो’, उनले फेसबुकमा लेखेका छन्, ‘नेपालको संविधानलाई अब पूर्णरूपमा मृत्यु शय्यामा पुर्‍याइएको छ ।’

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ७ : ११ बजे

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै