ओलीले संविधानलाई पूर्णरूपमा ‘मृत्यु शय्या’मा पुर्‍याए : वरिष्ठ अधिवक्ता त्रिपाठी « Khabarhub

ओलीले संविधानलाई पूर्णरूपमा ‘मृत्यु शय्या’मा पुर्‍याए : वरिष्ठ अधिवक्ता त्रिपाठी


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली पुनः मन्त्रिपरिषद् विस्तार गरेर संविधानलाई अब पूर्णरूपमा मृत्यु शय्यामा पुर्‍याएको तर्क गरेका छन् ।

संसद् भंग गरिसकेपछि प्रधानमन्त्रीले सरकारका दैनिक प्रशान चलाउनेबाहेकका अरू कुनै म्यान्डेट नपाउने बताउँदै उनेल सामाजिक सञ्जालमार्फत यस्तो तर्क गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मन्त्रिपरिषदको आज पुन: विस्तार गरेर प्रधानमन्त्रीले संविधानमाथि फेरि घातक प्रहार गर्नुभएको छ । संसद् भंग गरिसकेपछि सरकारलाई दैनिक प्रशासन चलाउनेबाहेक अरु कुनै ‘म्यानडेट’ प्राप्त हुँदैन ।’

उनले राष्ट्रपतिबाट आज जारी विज्ञप्तिमा ‘नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा’ मन्त्रिपरिषद विस्तार गरिएको छ भनि कुनै धारासमेत उल्लेख हुन नसकेको हुँदा यो कार्य गैरसंवैधनिक रहेको उनले बताएका छन् ।

‘मैले आफ्नो बहसमा संविधान बमोजिम भनेर भोलि राष्ट्रपतिबाट सर्वोच्च अदालत नै खारेज भयो भनि विज्ञप्ति निकालियो भने के गर्ने ।त्यसैगरी केपी ओलीलाई नेपालको महाराजधिराज घोषित गरिएको छ भनि भोलि राष्ट्रपतिबाट विज्ञप्ति निस्किन सक्ने प्रचुर खतरा देखियो’, उनले फेसबुकमा लेखेका छन्, ‘नेपालको संविधानलाई अब पूर्णरूपमा मृत्यु शय्यामा पुर्‍याइएको छ ।’

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ७ : ११ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन