नर्भिककी निर्देशक मेघा भन्छिन् : निशाको निःशुल्क उपचार हुन्छ | Khabarhub Khabarhub

नर्भिककी निर्देशक मेघा भन्छिन् : निशाको निःशुल्क उपचार हुन्छ


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको देहरादुनमा रहँदा निशा सडक दुर्घटनामा परेकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालले नि:शुल्क उपचार गरिदिने भएकाे छ । अस्पतालकी निर्देशक मेघा चाैधरीकाे पहलमा भैसेपाटीस्थित घिमिरेकाे घरबाट उद्धार गरी निशालाई बिहीबार दिउँसाे अस्पताल भर्ना गरिएकाे थियाे ।

निर्देशक चौधरीले निशाको उपचारमा कुनै खर्च नलाग्ने बताएकी छन् । ‘निशाजीको अहिले फोटो देखेपछि पक्कै केयर नपुगेर नै यस्तो भएको हो कि भन्ने लाग्यो । नत्र यति लामा समयसम्म बाँच्ने स्थितिमा थिएन भने त उहाँ बाँच्नु हुन्न थियो होला । अनि केयर नपुगेर होला भन्ने लागेपछि हस्पिटल लिएर आउनुहोस् । हामी राखेर उपचार गर्छौ भनेर एम्बुलेन्स पठाएपछि उहाँहरुले ल्याउनुभयो’, उनले भनिन् ।

मेघाले आफूले नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालको माध्यमबाट निशाको अवस्थाबारे जानकारी पाएको खुलाइन् ।

‘दुर्गा दाईको पोस्ट देखेपछि उहाँलाई के हो यस्तो भनेर सोधें । निशाजी म्यूजिक भिडियो, फिल्ममा काम गर्नुहुन्छ भन्ने थाहा थिएन । मैले फोटोमात्र देखेकी थिएँ । त्यसपछि उहाँले मलाई जानकारी गराउनुभयो । दुर्घटना भएपछि ट्रमा सेन्टरमा राखेर उपचार गर्दाको अन्तरवार्ताको लिंक पठाउनुभयो । अनिमात्र मैले निशाजीको बारेमा विस्तृत बुझ्न पाएँ’, मेघाले भनिन् ।

मेघाका अनुसार डाइडिसियनलाई, न्यूरो सर्जनसँग कन्सल्ट गरेर निशाको उपचार भइरहेको छ । मेघाले आफ्ना साथीभाईसँगै दुर्गानाथसँग सहकार्य गरेर आर्थिक रुपले उपचार गर्न नसक्नेहरुलाई आफ्नै पहलमा उपचार गराइरहेकी छन् ।

मोडलिङ पढ्न भारतको देहरादुनमा रहँदा निशा सडक दुर्घटनामा परेकी थिइन् । उनको त्यहाँ प्रारम्भिक उपचारपछि काठमाडौं ल्याइएको थियो । उनले झण्डै तीन दर्जन म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ९ : ०० बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हँदैछ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मुख्य बढेको छ । नेपाल सुनचाँदी रत्न

पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा

भोजपुर– धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका– ५ सुप्लामा रहेको

झापा इनर्जीको आईपीओमा निवेदन दिने आज अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई