नर्भिककी निर्देशक मेघा भन्छिन् : निशाको निःशुल्क उपचार हुन्छ « Khabarhub

नर्भिककी निर्देशक मेघा भन्छिन् : निशाको निःशुल्क उपचार हुन्छ


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको देहरादुनमा रहँदा निशा सडक दुर्घटनामा परेकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालले नि:शुल्क उपचार गरिदिने भएकाे छ । अस्पतालकी निर्देशक मेघा चाैधरीकाे पहलमा भैसेपाटीस्थित घिमिरेकाे घरबाट उद्धार गरी निशालाई बिहीबार दिउँसाे अस्पताल भर्ना गरिएकाे थियाे ।

निर्देशक चौधरीले निशाको उपचारमा कुनै खर्च नलाग्ने बताएकी छन् । ‘निशाजीको अहिले फोटो देखेपछि पक्कै केयर नपुगेर नै यस्तो भएको हो कि भन्ने लाग्यो । नत्र यति लामा समयसम्म बाँच्ने स्थितिमा थिएन भने त उहाँ बाँच्नु हुन्न थियो होला । अनि केयर नपुगेर होला भन्ने लागेपछि हस्पिटल लिएर आउनुहोस् । हामी राखेर उपचार गर्छौ भनेर एम्बुलेन्स पठाएपछि उहाँहरुले ल्याउनुभयो’, उनले भनिन् ।

मेघाले आफूले नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालको माध्यमबाट निशाको अवस्थाबारे जानकारी पाएको खुलाइन् ।

‘दुर्गा दाईको पोस्ट देखेपछि उहाँलाई के हो यस्तो भनेर सोधें । निशाजी म्यूजिक भिडियो, फिल्ममा काम गर्नुहुन्छ भन्ने थाहा थिएन । मैले फोटोमात्र देखेकी थिएँ । त्यसपछि उहाँले मलाई जानकारी गराउनुभयो । दुर्घटना भएपछि ट्रमा सेन्टरमा राखेर उपचार गर्दाको अन्तरवार्ताको लिंक पठाउनुभयो । अनिमात्र मैले निशाजीको बारेमा विस्तृत बुझ्न पाएँ’, मेघाले भनिन् ।

मेघाका अनुसार डाइडिसियनलाई, न्यूरो सर्जनसँग कन्सल्ट गरेर निशाको उपचार भइरहेको छ । मेघाले आफ्ना साथीभाईसँगै दुर्गानाथसँग सहकार्य गरेर आर्थिक रुपले उपचार गर्न नसक्नेहरुलाई आफ्नै पहलमा उपचार गराइरहेकी छन् ।

मोडलिङ पढ्न भारतको देहरादुनमा रहँदा निशा सडक दुर्घटनामा परेकी थिइन् । उनको त्यहाँ प्रारम्भिक उपचारपछि काठमाडौं ल्याइएको थियो । उनले झण्डै तीन दर्जन म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ९ : ०० बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए