रोग र अभावको सामना गर्दै ‘जोन लोगी वेयर्ड’ले अन्ततः टेलिभिजन आविष्कार गरे « Khabarhub

रोग र अभावको सामना गर्दै ‘जोन लोगी वेयर्ड’ले अन्ततः टेलिभिजन आविष्कार गरे


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको सूचना प्रविधिमा टेलिभिजनको आविष्कार एक युगान्तकारी घटना हो ।

आज विश्वका कुनाकुनामा घरमै बसेर टेलिभिजनको स्क्रिनभित्र संसारमा घटिरहेका ताताताता घटनामात्र होइन, अनेकौँ ज्ञान, विज्ञान र मनोरञ्जनका दृश्यहरु रिमोटको स्वीच दबाएर हेर्न सकिन्छ ।

संसारभरिका दृश्यचित्रहरुलाई सजिलै हाम्रो पहुँचभित्र ल्याइदिने व्यक्ति थिए ‘जोन लोगी वेयर्ड’ । उनले पहिलोचोटी वैज्ञानिक दुनियाँमा टेलिभिजनको आविष्कार गरेर नौलो कीर्तिमान कायम गरेका थिए ।

एक पादरीका छोरा लोगी वेयर्डले खेप्नसम्मको आर्थिक सङ्कट खेपेका थिए । सानो हुँदा पनि अभावद्वारा सताइए । ठूलो भएर पनि आफ्नौ दैनिक आवश्यकता परिपूर्ति गर्न विभिन्न झिनामसिना काममा संलग्न हुनुपर्‍यो ।

उनले गरेका अति सामान्य कामहरु देख्दा यति महान् वैज्ञानिकले पनि कति निम्तस्तरको काम गर्नुपरेको होला भनी धेरै आश्चर्यभावले हेर्थे ।

उनी सानैदेखि रोगी पनि थिए । विभिन्न किसिमका रोगहरुले सताइरहने हुँदा चित्तबुझ्दो गरी अध्ययनकार्यलाई अगाडि बढाउन सकेनन् । तर पनि पढाइ र अनुसन्धानकार्यप्रति यिनको यति ठूलो रुचि र लगाव थियो, जसले गर्दा उनले ठूलो मिहिनेत गरेर इन्जिनियरसम्मको योग्यता हासिल गरे ।

निकै कम तलबमा एउटा विद्युतसम्बन्धी काम गर्ने कम्पनीमा जागिर खान थाले । तर चिसोले बारम्बार सताइरहने हुँदा उनको जीवन कष्टपूर्ण रह्यो ।

रोग र अभावहरुसँग निरन्तर सङ्घर्ष गरिरहनुपर्‍यो । यिनले आफ्नो आर्थिक समस्या हल गर्नको लागि विभिन्नखालका आयआर्जनका काममा हात हाले । सुरुमा मोजा बनाउने काममा हात हाले । अचार बनाउने उद्योग खोलेर अचार पनि बेचे ।

यति गर्दा पनि उनको व्यवसाय फस्टाउन सकेन । आखिरमा बेरोजगारसम्म हुनुप¥यो । आफूले सोचेको वैज्ञानिक कामलाई अगाडि बढाउन

आर्थिक सङ्कटले बाधा पुर्‍यायो । भनेजस्तो उपकरण र सामग्रीहरु किन्न सकेनन् । पछि लण्डन गएर उनले आफ्नो अनुसन्धानकार्यलाई अगाडि बढाए । एउटा दयालु तथा मनकारी पसलेले निर्माण उपकरणहरु किन्न आर्थिक सहयोग गर्‍यो । अनुसन्धान र प्रयोगहरु गर्दै जाँदा पछि मानवआकृतिलाई विद्युतीय माध्यमबाट प्रसारण गर्न सफल भए ।

यसले उनलाई अगाडि बढ्न थप हौसला प्रदान ग¥यो । एक दिन विश्वमानव समुदायलाई टेलिभिजनको उपहार प्रदान गरेरै छोड्छु भनेर दृढसङ्कल्प लिए । नभन्दै आफ्नो दयनीय अवस्थाको स्वास्थ्यस्थिति र आर्थिकअभावहरुको ख्याल नगरी उनी खोजकार्यमा अगाडि बढिरहे । नभन्दै जीवनको आखिरी घडीमा दुनियाँलाई टेलिभिजन आविष्कार गरिदिए ।

मानिसले हृदयको अटल गहिराइबाट दृढसङ्कल्प लिएर कुनै काममा हात हाल्यो भने कुनै पनि अवरोधहरुले उसलाई छेक्न सक्दैन भन्ने कुरा उनले प्रमाणित गरेर देखाइदिए । मानिसमा इच्छाशक्ति र लगनशीलता भयो भने जे काम पनि गर्न सकिने रहेछ भन्ने कुरा उनको जीवनबाट थाहा पाउँछौँ । सन् १८८८ मा जन्मेका जोन लोगी वेर्थड ६० वर्षको उमेरमा सन् १९४६ मा यस संसारबाट बिदा लिए । तर पनि उनी विश्वका हरेक टेलिभिजनका स्क्रीनमा उनी जीवित रहिराखेका छन् ।
साभार ः ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ८ : ३० बजे

युद्धरत इरान-युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

तेहरान- क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमा भएको ड्रोन आक्रमणपछि

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै होइनन् : पासाङ दावा

काठमाडौं– सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको