ज्योति विकास बैंक र क्यानबीच सहकार्यको सम्झौता « Khabarhub

ज्योति विकास बैंक र क्यानबीच सहकार्यको सम्झौता


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बीच देशका विभिन्न ठाउँमा डिजिटल सेवा र सूचना प्रविधि प्रबर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ।

दुई संस्थाले संयुक्त रूपमा देशका विभिन्न ठाउँमा डिजिटल सेवा र सूचना प्रविधिको प्रबर्द्धन, तालिम र सेवा विस्तारित कार्यान्वयनका लागि कार्यक्रम सञ्चालनमा ल्याउनेछन्।

शुक्रबार एक कार्यक्रमबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारीअधिकृत पारसराज कँडेल र क्यानकातर्फबाट क्यानका उपाध्यक्ष श्रञ्जितकुमार पोदरले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

साथै, सम्झौताअनुसार ज्योति विकास बैंकले क्यानमा आबद्ध व्यवसायी तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विशेष छुटमा प्रोफेसनल लोन, १५ लाख रुपैयाँसम्मको बिना धितो सहुलियतपूर्ण कर्जा, साना तथा मझौला कर्जा प्रदान गर्नुका साथै क्यानअन्तर्गतका व्यवसायीलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्नेछ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ८ : ३६ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल