सर्लाहीमा २ थान पेस्तोलसहित ३ जना पक्राउ | Khabarhub Khabarhub

सर्लाहीमा २ थान पेस्तोलसहित ३ जना पक्राउ


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– ब्रहमपुरी गाउँपालिका-२ स्थित ब्रहमपुरी(मोहनपुर सडक खण्डबाट २ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ब्रहमपुरी गाउँपालिका-४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेका छन् ।

बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा हातहतियार बोकी भारतबाट नेपालतर्फ आउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरी सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १० : ४५ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने