‘पत्रकारितालाई मर्यादित बनाउनुपर्छ’ « Khabarhub

‘पत्रकारितालाई मर्यादित बनाउनुपर्छ’


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार क्षेत्रका विज्ञहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् । प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको ‘प्रेस स्वतन्त्रताको संरक्षणमा प्रेस काउन्सिलको भूमिका’ विषयक अन्तरक्रियाका वक्ताले पत्रकारिता क्षेत्रलाई मर्यादित र थप जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । उनीहरूले काउन्सिललाई थप बलियो र स्वायत्त बनाउनुपर्ने सुझावसमेत दिए ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले प्रेस स्वतन्त्रताको सुनिश्चितता कानूनले गर्ने भएको बताउँदै कानून निर्माण प्रक्रियामा नै काउन्सिल सचेत हुनुपर्ने बताए ।

महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले काउन्सिलको कार्यक्षेत्र आचारसंहिता अनुगमन भएको र सोही विषयमा काउन्सिल केन्द्रित हुनुपर्ने सुझाव दिए । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जालको नियमन गर्दा काउन्सिलले थप अध्ययन गर्नुपर्ने बताए ।

छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले व्यक्तिगत सञ्चार र जिम्मेवार सञ्चारबीचको भेद छुट्याउनुपर्ने बताए । उनले भने, “जो पनि पत्रकार हुने स्थितिले पत्रकारिता मर्यादित र विश्वसनीयता घटेको छ । पर्सनल मिडिया र रेस्पोन्सिवल मिडिया छुट्याउनुपर्छ”। पत्रकार तीर्थ कोइरालाले काउन्सिलले मिडिया उपभोक्ताको कुरा सुन्नुपर्ने, उनीहरूले सही सूचना पाए/नपाएको हेर्नुपर्ने बताए । कार्टुनका विषयमा आचारसंहिता आकर्षित नहुने भन्दै उनले काउन्सिल पत्रपत्रिका वर्गीकरणको कामबाट अलग्गिनुपर्ने धारणा राखे ।

महासङ्घका पूर्वमहासचिव उजिर मगरले प्रदेश सरकारले नयाँ नीति ल्याएर नियमनकारी निकाय गठन गरेकाले काउन्सिलको भूमिकामा चुनौती थपिएको बताए । पत्रकार बबिता बस्नेतले काउन्सिलको स्वायत्ततामा प्रश्नचिह्न उठेको भन्दै व्यक्तिको सामाजिक सञ्जालमाथिको निगरानीमा काउन्सिलले हात हाल्न नहुने बताइन् ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले भावनात्मक विषय र व्यावसायिक आचारसंहितालाई नियम तथा कार्यविधिमा कसरी संरचनाभित्र ल्याउने भन्ने विषयमा छलफल आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ८ : १५ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड