काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थपिँदै, संक्रमण बढेकाले कडाइ गर्ने तयारी « Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थपिँदै, संक्रमण बढेकाले कडाइ गर्ने तयारी


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थपिने भएको छ ।

यसबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । दिउँसो २ बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले जारी निषेधाज्ञा केही परिमार्जनसहित थप्ने तयारी गरेको छ ।

‘संक्रमण बढ्दै गएकाले अबको निषेधाज्ञा अहिले वैज्ञानिक बनाउनु पर्ने आवश्यक देखिएको छ,’ ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले भने,’भीडभाडजन्य गतिविधी, तालिम तथा सभाजस्ता क्रियाकलापलाई निरूत्साहित हुने गरीको निर्णय हुन सक्छ ।’

परीक्षासमेत स्थगित भइरहेका बेला अब फेरि केही क्षेत्रलाई सीमित गरेर अघि बढ्ने कि भन्नेबारे छलफल गरेर निर्क्यौलमा पुगिने उनले बताए ।

यसअघि घोषित निषेधाज्ञाको बुधबार मध्यराति सकिँदैछ । केही दिन यता कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यकाका अस्पतालहरु संक्रमितले भरिन थालेका छन् ।

काठमाडौँ उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा एक महिना यता केही खुकुलो बनाइएको थियो । अहिले विद्यालय, मठमन्दिर, नाइट क्लवलगायतका क्षेत्रबाहेक सबैजसो पसल, व्यवसाय खुला गरिएको छ ।

तर केही दिनदेखि संक्रमण बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गत शनिबार भिडिओ सन्देश जारी गर्दै कोरोनाको तेस्रो लहरको संकेत देखिएको भन्दै अत्यावश्यक नपरेसम्म घरबाट बाहिर ननस्किन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै