गर्मीमा फ्रिजको पानी पिउनु कति स्वस्थकर ? « Khabarhub

गर्मीमा फ्रिजको पानी पिउनु कति स्वस्थकर ?


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अहिलेको मौसममा गर्मीले औडाहा भएपछि चिसो पेय वा फ्रिजको पानी पिउनु सामान्य कुरा हो । फ्रिजमा चिसो पारीएको पानीले तत्काल हामीलाई आनन्द आउँछ । तर यसरी पिएको पानी नै हाम्रालागि कालान्तरमा स्वास्थ्य समस्याको कारण बन्न सक्छ । के के छ त फ्रिजको चिसो पानी पिउनुको हानी ?

१. चिसो पानी पिउँदा श्वासनलीमा कफ बन्न जान्छ । श्वासनलीको सुरक्षार्थ हुने पत्रमा कफ जम्मा हुँदै जाँदा विभिन्न संक्रमण हुन पुग्छ । यसले घाँटी खराब हुने खतरा बढाउँछ ।

२. मानव शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ । जब कुनै चिसो चिज पिइन्छ तब त्यसलाई सामान्य तापक्रममा बदल्न शरीरको ऊर्जा खर्च हुन्छ । खाएको पदार्थ पचाउन र पोषक तत्व शोषणका लागि प्रयोग हुनुपर्ने ऊर्जा अन्यत्र खर्च हुँदा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन ।

३. बरफ वा चिसो पानी पिउँदा मुटुको गति कम हुने खतरा पनि रहन्छ । चिसो पानीले ‘भेगस नर्भ’ उत्तेजित पार्छ । भेगस नर्भको काम शरीरको पराधीन कामलाई नियन्त्रित गर्नु हो । यसले मुटुको गति कम गर्न मध्यस्थता गर्छ । चिसो पानीले भेगस नर्भ उत्तेजित पारेपछि मुटुको गति कम हुन थाल्छ ।

४. फ्रिजमा राखिएको अत्यधिक चिसो पानी पिउँदा पाचन प्रक्रियामै बाधा उत्पन्न हुन्छ । चिसो पानीले रक्तबाहिनी नली खुम्चिन पुग्छ । यसले पाचन पक्रिया गति सुस्त बनाउँछ । खाएको कुरा ठीक तरिकाले पाचन भएन भने खानामा भएका पोषक तत्व शरीरले पाउँदैन । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ११ : ३९ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार