किन तपाईंलाई लामखुट्टेले बढि टोक्छ ? « Khabarhub

किन तपाईंलाई लामखुट्टेले बढि टोक्छ ?


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर हामी मध्ये कतिपय यस्ता छौ जसलाई अन्यको तुलनामा लामखुट्टेले धेरै टोक्छ । तर किन त ?

लामखुट्टेमा मानिस र जनावर भएको ठाउँ थाहा पाउने एक विशेष प्रकारको सेन्सर हुन्छ । यसैको मद्दतले यसले शिकारलाई खोज्दछ । यस अलावा अन्यको तुलनामा कसैलाई बढि लामखुट्टेले टोक्छ भने लामखुट्टेलाई के कुराले आकर्षित गर्छ त ? यी हुन् कारण :

१. धेरै पसिना आउने मानिस प्रति लामखुट्टेलाई आकर्षित गर्दछ । लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा पसिनामा पाइन्छ । त्यसैले यो आर्कषित बन्दछ ।

२. महिलाको तुलनामा पुरुष र बच्चालाई र यी दुइको तुलनामा पनि वयस्कलाई लामखुट्टेले धेरै टोक्ने गर्दछ ।

३. लामखुट्टे शरीरको तापक्रममार्फत आफ्नो शिकारको खोजी गर्दछ । मानिसको शरीरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ ।

४. कालो, निलो, रातो जस्तो गाढा रङको कपडामा लामखुट्टे आकर्षित हुने गर्दछन् ।

५. बास्नाले पनि लामखुट्टेलाई आकर्षित गर्दछ । कसैले परफ्युम र डियो लगाएको छ भने लामखुट्टेले टोक्ने सम्भावना धेरै हुन्छ ।

६. अधिकांश छालाको स्याहारमा प्रयोग गरीने क्रिम तथा कष्मेटीक प्रोडक्ट लगाउनेमा ल्याक्टिक एसिड उत्पन्न हुन्छ जसले लामखुट्टेलाई आकर्षित गर्दछ ।

७. यदि कसैमा कोलेस्ट्रोलको स्तर धेरै छ उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।

८. मोटो मानिसले धेरै तापक्रम र कार्बनडाइअक्साइड पैदा गर्दछन् । त्यसैले उनीहरुको बडी मास धेरै हुन्छ यसकारण उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।

९. लामखुट्टेले शरीरको गन्धमार्फत पनि मानिस भएको ठाउँ थाहा पाउँछ । जति कडा गन्ध हुन्छ लामखुट्टेले टोक्ने सम्भावना त्यति धेरै हुन्छ ।

१०. सामान्य महिलाको तुलनामा गर्भवती महिलालाई लामखुट्टेले बढि टोक्दछ ।
धेरैलाई थाहा नहोला तर हामीलाई टोक्ने लामखुट्टे पोथी मात्र हुन्छ । भाले लामखुट्टे शाकाहारी हुन्छन् र बोट बिरुवाको रस चुसेर बाच्छन् । पोथी लामखुट्टेलाई लार्भा उत्पादन गर्न मानव रगत पोषणको रुपमा प्रयोग हुन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ११ : ४२ बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा