फिल्म निर्माण गर्दै करिना « Khabarhub

फिल्म निर्माण गर्दै करिना


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– अभिनेत्री करिना कपूर खान आफ्नो फिल्मी करियरमा नयाँ यात्रा सुरु गर्दैछिन् । फिल्म उद्योगमा झण्डै २० वर्ष बिताएकी यी अभिनेत्री अब निर्माताका रुपमा दर्शकमाझ आउदैछिन् ।

करिना निर्मात्री एकता कपुरसँग सहकार्य गर्दै एक थ्रिलर फिल्म बनाउदैछिन् । जसको निर्देशन हंसल मेहताले गर्नेछन् । फिल्मको नाम फाइनल भइसकेको छैन ।

‘एकताका साथ यो फिल्ममा एक निर्माताको रुपमा काम गर्न उत्साहित छु । म हंसलको फिल्मको ठूलो प्रशंसक हुँ । उनीसँग पहिलोपटक काम गर्न पाउनु मेरा लागि विशेष हुनेछ । म यो सहकार्यका लागि अझ बढी प्रतिक्षा गर्ने छैन’, करिनाले भनेकी छन् ।

करिनाले इन्स्टाग्राममा एकता र हंसलका साथ एक फोटो शेयर गरेकी छन् । फिल्ममा करिना आफैं प्रमुख भूमिकामा देखिँदैछिन् । फिल्म एक सत्यकथामा आधारित हुनेछ । यूकेमा छायांकन हुने फिल्मका लागि सबै तयारी पुरा भइसकेको छ ।

कपूर परिवारमा करिना पहिलो छोरी हुनेछिन्, जो आधिकारिक रुपमा फिल्म निर्माणमा जोडिँदैछिन् । करिनाले एकताको फिल्म ‘वीरे दी वेडिङ’मा प्रमुख भूमिकामा अभिनय गरिसकेकी छन् ।

छोरा तैमूरको जन्मपछि करिनाले यो फिल्ममार्फत ठूलो पर्दामा पुनरागमन गरेकी थिइन् । अहिले दोस्रो छोरा जेहको जन्मपछि करिना पुनः एकताको फिल्मबाट ठूलो पर्दामा फर्किन लागेकी हुन् ।

एकताले पनि करिनासँग पुनः सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेकी छन् । ‘करिना कपुर खान स्टार पावर र प्रतिभाको डाइनामाइट कम्बिनेसन हो । पछिल्लो पटक ‘वीरे दी वेडिङ’मा सहकार्य गरेका थियौं । जुन सायद कुनै फिमेल स्टारको सबैभन्दा हिट फिल्म हुनसक्छ । हाम्रो समयको उत्कृष्ट फिल्म निर्देशकमध्ये एक हंसल मेहताले यसको कथा बताउनु आफैंमा अझ रोमाञ्चक हुनेछ’, एकताले भनेकी छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १ : १३ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६