फिल्म निर्माण गर्दै करिना « Khabarhub

फिल्म निर्माण गर्दै करिना


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– अभिनेत्री करिना कपूर खान आफ्नो फिल्मी करियरमा नयाँ यात्रा सुरु गर्दैछिन् । फिल्म उद्योगमा झण्डै २० वर्ष बिताएकी यी अभिनेत्री अब निर्माताका रुपमा दर्शकमाझ आउदैछिन् ।

करिना निर्मात्री एकता कपुरसँग सहकार्य गर्दै एक थ्रिलर फिल्म बनाउदैछिन् । जसको निर्देशन हंसल मेहताले गर्नेछन् । फिल्मको नाम फाइनल भइसकेको छैन ।

‘एकताका साथ यो फिल्ममा एक निर्माताको रुपमा काम गर्न उत्साहित छु । म हंसलको फिल्मको ठूलो प्रशंसक हुँ । उनीसँग पहिलोपटक काम गर्न पाउनु मेरा लागि विशेष हुनेछ । म यो सहकार्यका लागि अझ बढी प्रतिक्षा गर्ने छैन’, करिनाले भनेकी छन् ।

करिनाले इन्स्टाग्राममा एकता र हंसलका साथ एक फोटो शेयर गरेकी छन् । फिल्ममा करिना आफैं प्रमुख भूमिकामा देखिँदैछिन् । फिल्म एक सत्यकथामा आधारित हुनेछ । यूकेमा छायांकन हुने फिल्मका लागि सबै तयारी पुरा भइसकेको छ ।

कपूर परिवारमा करिना पहिलो छोरी हुनेछिन्, जो आधिकारिक रुपमा फिल्म निर्माणमा जोडिँदैछिन् । करिनाले एकताको फिल्म ‘वीरे दी वेडिङ’मा प्रमुख भूमिकामा अभिनय गरिसकेकी छन् ।

छोरा तैमूरको जन्मपछि करिनाले यो फिल्ममार्फत ठूलो पर्दामा पुनरागमन गरेकी थिइन् । अहिले दोस्रो छोरा जेहको जन्मपछि करिना पुनः एकताको फिल्मबाट ठूलो पर्दामा फर्किन लागेकी हुन् ।

एकताले पनि करिनासँग पुनः सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेकी छन् । ‘करिना कपुर खान स्टार पावर र प्रतिभाको डाइनामाइट कम्बिनेसन हो । पछिल्लो पटक ‘वीरे दी वेडिङ’मा सहकार्य गरेका थियौं । जुन सायद कुनै फिमेल स्टारको सबैभन्दा हिट फिल्म हुनसक्छ । हाम्रो समयको उत्कृष्ट फिल्म निर्देशकमध्ये एक हंसल मेहताले यसको कथा बताउनु आफैंमा अझ रोमाञ्चक हुनेछ’, एकताले भनेकी छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १ : १३ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक