दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार « Khabarhub

दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । दुई दिनदेखि प्रसव व्यथा लागेकी २५ वर्षीय छिरिङ डोल्मा गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी सुत्केरी गराउन काठमाडौँ पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

“घरमै प्रसव व्यथा लागेको दुई दिनसम्म पनि बच्चा जन्माउन नसकेपछि गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयको विशेष पहलमा गर्भवतीको उद्धार गरिएको हो”, उनले भन, “आज बिहानै सेनाको हेलिकप्टर झिकाएर काठमाडौँ पठाइएको छ ।” राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत विकट क्षेत्रका गर्भवतीको आपत्कालीन उद्धार हुँदै आएको छ ।

गाउँपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले महिला तथा बालबालिका कार्यालयमा उद्धारका लागि सिफारिस गरेपछि गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

सडक सञ्जालको पहुँज नपुगेको उत्तरी गोरखामा गर्भवतीलाई सुत्केरी गराउन स्वास्थ्य संस्थासम्म पुर्‍याउन कठिन हुँदा घरमै सुत्केरी गराउनुपर्ने बाध्यता रहँदै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १ : ४१ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक