‘लभ सर्कल’को ‘ओ मैया’ « Khabarhub

‘लभ सर्कल’को ‘ओ मैया’


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आगामी साउन २९ गतेबाट डिस होममा रिलिज हुने फिल्म ‘लभ सर्कल’को पहिलो गीत ‘ओ मैया’ सार्वजनिक भएको छ । गीतमा अंकितबाबु अधिकारी र विद्या तिवारीको स्वर, अंकित र अनवेष थुलुङ राईको शब्द तथा अंकितकै संगीत छ ।

गीतमा फिल्मका कलाकारहरु नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य र रिस्ता बस्नेत फिचर्ड छन् । पवित्रा आचार्यको कोरियोग्राफी रहेको गीतमा दिव्य सुवेदीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

मि टिभीको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ओमप्रकाश अग्रवाल र रोशन पौडेलको लगानी छ । वसन्त निरौला निर्देशित फिल्ममा रवीन्द्र झा र सुमन कोइरालाको पनि अभिनय छ ।

फिल्ममा अंकितबाबु अधिकारीको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, विनय पौडेलको मुख्य सहायक निर्देशन, अभिमन्यु निरवीको लेखन, राजेन्द्र मोक्तानको कलर, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

डिस होम सिनेमा घर च्यानल नम्बर ५५५ बाट प्रदर्शन आउने फिल्म सम्पूर्ण डिजिटल प्लेटफर्ममा पनि फिल्म प्रदर्शन गरिने निर्माता अग्रवालले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ४ : ३० बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते