बागलुङमा निषेधाज्ञामा कडाइ, अत्यावश्यक बाहेकका सबै सेवा बन्द « Khabarhub

बागलुङमा निषेधाज्ञामा कडाइ, अत्यावश्यक बाहेकका सबै सेवा बन्द


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङमा कारोना सङ्क्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाइ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलु्ङमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए ।

बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको समयमा सरकारी र गैरसरकारी कार्यालयका सेवा, बैंक, सहकारी, बीमा तथा वित्तीय संस्था, शैक्षिक संस्था र अतिआवश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको छ ।

बैठकले अत्यावश्यक खाद्यान्न, फलफूल, माछामासु तथा दूधका पसल आइतबार, बुधबार र शुक्रबार मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । जिल्लामा ६०३ सक्रिय सङ्क्रमित रहेका छन् भने ६३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देश प्रकाश घिमिरेले जानकारी दिए ।

बागलुङ नगरपालिकाले १० दिन कडा निषेधाज्ञा गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिलाई सोमबार सिफारिस गरेको थियो । सक्रिय सङ्क्रमितको आधा सङ्क्रमित बागलुङ नगरपालिकामा छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : ४५ बजे

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र