तोकिएको समयमा हुन नसके ‘विशेष महाधिवेशन’मा जानुपर्ने कांग्रेस जिल्ला सभापतिहरुको निष्कर्ष « Khabarhub

तोकिएको समयमा हुन नसके ‘विशेष महाधिवेशन’मा जानुपर्ने कांग्रेस जिल्ला सभापतिहरुको निष्कर्ष


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका संस्थापन इतरका अधिकांश जिल्ला सभापतिहरुले तोकिएको समयमा नै महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने जनाएका छन् ।

दुई दिनसम्म काठमाडौंमा चलेको भेलापछि मंगलबार वरिष्ठ नेता रामचन्द्र पाडैलपक्ष नेताहरुसँग छलफल गर्दै काँग्रेसको वैधानिकतामाथि संकट रहेको भन्दै वैधानिकताको संकट टार्न विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालिएको काँग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।

उनले अहिले देखिएको क्रियाशील सदस्यता विवादलाई विधि र विधानअनुसार समाधान गर्नुपर्ने धारणा राखे । तोकिएको समयमा नै महाधिवेशन हुन नसके १३ औँ महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन गरौँ भन्ने रहेको उनले बताए ।

क्रियाशील सदस्यता विवादबारे पनि पार्टी केन्द्रीय समितिको बैठकको निर्णयअनुसार विवाद भएका ठाउँमा प्रक्रिया पुर्‍याएर क्रियाशील सदस्यता दिने र १३ औं महाधिवेशनको क्रियाशील सदस्यबाट अहिले अधिवेशन गर्दा समस्या समाधान हुन्छ भन्ने आफूहरुको ठहर रहेको उनले बताए ।

उनीहरुले जनतालाई महशुस हुनेगरी कांग्रेस नेतृत्वको सरकारले काम गर्नुपर्ने बताए । सभापतिहरुको भेलाको निष्कर्ष बुधबार सार्वजनिक गरिने केसीले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : ३१ बजे

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत

विश्वकप लिग-२ : आज ओमानसँग कीर्तिपुर मैदानमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ