यान्त्रिक पुल बनाएर सहज आवतजावतको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन « Khabarhub

यान्त्रिक पुल बनाएर सहज आवतजावतको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र पहिरोका कारण बिच्छेद भएका सडकसञ्जालको तत्काल मर्मत गरि सहज आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको बिपद् जोखिम न्युनीरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौ बैठकमा प्रधानमन्त्री देउवाले बाढीका कारण पुलहरु बगाएको र सर्वसाधारणको आवतजावतमा कठिनाइ भएको भन्दै ततकाल यान्त्रिक पुल बनाएर सहज रुपमा आवतजावतको व्यवस्था मिलाउन राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशन दिएका हुन् ।

त्यस्तै बाढी र पहिरोका कारण समस्यामा परेका सर्वसाधारणलाई आवास लगायत खाधान्नको उचित प्रबन्ध गर्न पनि निर्देशन प्राप्त भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनले अझै मनसुनको समय बाँकी रहेको र आउन सक्ने थप जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्रोत साधन सहित चुस्त अवस्थामा रहने निर्णय भएको बताए ।

मनाङ, मेलम्ची लगायतका स्थानमा तत्काल चारवटा यान्त्रिक पुल बनाउनका लागि नेपाली सेनासहितको टोली परिचालन गर्ने निर्णय बैठकले गरेको उहाले जानकारी दिए ।

गोरखा, मनाङ, बाजुरा लगायतका स्थानमा खाधान्न, त्रिपाल, औषधी लगायतका सामाग्री तत्काल लैजाने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा मनसुनयता प्राकृतिक प्रकोपबाट भएका क्षतिका बारेमा छलफल भएको उहाले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : ५२ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६