साना बालबालिका राखेर गाडी चलाउँदा ध्यान दिनुपर्ने कुरा « Khabarhub

साना बालबालिका राखेर गाडी चलाउँदा ध्यान दिनुपर्ने कुरा


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको चाहाना हुन्छ, आफ्ना सन्तानलाई आरामदायी सवारी जस्तै कारमा राखेर कतै घुमाउन लैजाने । तर जान अन्जानमा हुने केही गल्ती कारण मानिसले कारमा साना बालबालिका राखेर चलाउँदा समस्या भोग्नु पर्दछ । यस्तोमा कारमा साना बच्चा राख्दा के के कुरामा ध्यान दिने भन्ने बारे बुझ्न जरुरी छ ।

– कार कतै रोक्नु परे बच्चा सुरक्षित पारेर, झ्यालको लक नखुल्ने गरी तर सिसा खोलेर राख्नु पर्दछ ।

– बच्चासंग कुराकानी गर्दा उनिहरुसंग खेल्ने गर्नु हुदैँन, अन्यथा दुर्घटना हुने जोखिम हुन्छ ।

– कारमा बच्चा राखेर निस्कदा बच्चा आफुसंगैको सिटमा राख्नु पर्दछ । एक्लो छाड्नु हुन्न ।

– बच्चालाई आफ्नै साथमा राख्न सम्भव नभए साइड लक, सेन्टर लक तथा विन्डोज लक गरेर पछाडि राख्नु सुरक्षित हुन्छ ।

– यात्रामा दुई बच्चा छन् भने ठूलो बच्चालाई सानो बच्चाको केयर गर्न भन्नुपर्छ ।

– यात्रा अवधिमा बालबालिकाको मनोविज्ञान बुझेर निरन्तर कुराकानी गरिराख्नुपर्छ ।

– बालबालिकालाई सुरक्षित राख्ने सिट लगाउन भुल्नु हुदैँन ।

– तर, बेल्टले शरीर धेरै कस्नु हुँदैन । सुरक्षित सिट बच्चाको उमेरअनुसार चयन गर्नुपर्छ ।

– बच्चा राख्ने केही आरामदायी सिट पाइन्छ, सम्भव भए तिनको प्रयोग गर्न सकिन्छ ।

– तर, यस्तो सिट प्रयोग गर्दा एयरब्याग भने डिएक्टिभेट गर्नु राम्रो हुन्छ ।

– यात्रा गर्दा बच्चाले आफ्नो मनपर्ने वस्तु साथमै राख्न रुचाउँछन् । त्यसैले, उनीहरूको मनपर्ने खेलौना सामग्री साथमा राख्नुपर्छ । यसो गरे उनीहरु खुसी हुन्छन् ।

– सिटमा उनीहरूलाई हानि पुर्‍याउने कुनै पनि सामग्री राख्नु हुँदैन । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ६ : ०० बजे

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा