तेह्रथुम पावरको आइपीओ बाँडफाँड आज « Khabarhub

तेह्रथुम पावरको आइपीओ बाँडफाँड आज


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ आज बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार प्रि अलाेटमेन्ट सम्पन्न भएको थियो भने आज शुक्रबार शेयर बाँडफाँड हुने छ ।

आज बिहान १० बजे बाँडफाँड गर्ने गरी तयारी भएको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो ।

सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरेको थियो ।

कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका सर्वसाधारणका लागि छुट्याएको थियो ।

भाद्र १३ गते सम्ममा कम्पनीको शेयरमा २३ लाख भन्दा धेरैले आवेदन दिएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ८ : ११ बजे

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई