अब हाम्रोपात्रोको न्यूज र क्यालेन्डर विजेट आईओएसमा, कसरी प्रयोग गर्ने ? « Khabarhub

अब हाम्रोपात्रोको न्यूज र क्यालेन्डर विजेट आईओएसमा, कसरी प्रयोग गर्ने ?


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले आईओएस प्रयोगकर्ताका लागि न्यूज र क्यालेन्डर विजेट सार्वजनिक गरेको छ ।

एपले शक्रुबारको अपडेटमार्फत प्रयोगकर्ताको सहजतका लागि परिष्कृत ‘क्यालेन्डर विजेट’का साथै नयाँ न्यूज विजेट’ समेत ल्याएको हो ।

यससँगै प्रयोगकर्ताले उपलब्ध विजेट प्रयोग गरेर छरितो रुपमा समाचार र तिथि मितिको अपडटे लिन सक्ने हाम्रोपात्रोले जनाएको छ । क्यालेन्डर विजेट यसअघि नै आईओएस एपमा उपलब्ध रहेको थियो । तर यस पटक त्यसमा परिमार्जन गर्दै आकर्षक डिजाइनमा ल्याइएको जनाइएको छ ।

प्रयोगकर्ताले क्यालेन्डर विजेटका लागि तीन ओटा विकल्प पाउनेछन्। जसमा चाडपर्व तथा विशषे दिन, बार मिति,मौसम सहितको पात्रो भएको ठूलो क्यालेन्डर विजेट, सम्बन्धित एक महिनाको पात्रोमा मिति,बार,तिथि र मौसम देखिने मध्यम विजेट र सम्बन्धित दिनको मिति , बार, तिथि र मौसमको जानकारी मात्र देखिने सानो विजेट मध्येबाट रोज्न सकिनेछ ।

त्यस्तै न्यूजतर्फ एक मात्र समाचार देखिने सानो विजेट र चार ओटा समाचार देखिने ठूलो विजेट गरी दुईवटा विकल्प रहेका छन् ।

समाचार विजेटमा विभिन्न न्यूज पोर्टलमा प्रकाशित पछिल्ला समाचारहरूको अपडटे प्राप्त गर्न सकिनेछ । उपलब्ध विजेटबाट समाचार र पात्रोलाई आफ्नो सहजता अनसुार मिलाएर राख्ने सुविधा समेत रहेको जनाइएको छ ।

कसरी प्रयोग गर्ने ?

● यसका लागि शुरुमा आफ्नो आईफोनको होमस्क्रिनको खाली भागमा केही लामो समय थिच्नहुोस्।

● यति गरेसँगै स्क्रिनको माथि बायाँ कुनामा प्लस आइकन ९.० देखिनेछ, त्यसमा दबाउनहुोस्। अब स्क्रोल गर्दै हाम्रोपात्रो एप छनोट गर्नुहर्नुोस्।

● त्यहाँ तपाईंले हाम्रोपात्रोका सबै विजेट देख्न सक्नहुनेछ । जसमध्येआफूलाई मन परेको विजेट रोजेर तल रहेको ‘एड विजेट’ बटनमा दबाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ५ : ०८ बजे

गैँडाकोट मेयर कप टी–२० प्रतियोगिता : उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश खेल्दै

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय

पर्यटकीय गाउँ धम्पुसमा पर्यटकीय आकर्षण 

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका– ७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा

१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज

काठमाडौं – विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज जननिर्वाचित सरकार

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र