एमसीसीबारे महावीर पुनको धारणा : अनुदान लिएर देशलाई समृद्ध बनाउने सपना कसैले नदेखे हुन्छ « Khabarhub

एमसीसीबारे महावीर पुनको धारणा : अनुदान लिएर देशलाई समृद्ध बनाउने सपना कसैले नदेखे हुन्छ


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे आफ्नो धारणा व्यक्त गरेका छन् ।

उनले एमसीसीबारे आफ्नो धारण ६ बुँदामा फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

उनले शर्तसहितको कुनै पनि दान वा अनुदान लिने पक्षमा आफू पहिले पनि नभएकार र अहिले पनि नरहेको बताएका छन् । उनले लेखेका छन्, ‘कसैले शर्त राखेर दान/अनुदान दिन्छ भने मैले त्यस्तो दान अनुदान पटक्कै लिदैँन ।’

उलने देशलाई आर्थिक रुपमा बलियो बनाउने हो भने एमसीसीजस्ता अनुदानहरु लिनु पर्दैन र कसैले पनि राजनैतिक हस्तक्षेप गर्न नसक्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन् , ‘अनुदानहरु नै लिएर देशलाई समृद्ध बनाउने सपना कसैले नदेखे पनि हुन्छ । अनुदान लिने बानी गर्यो भने देश कहिल्यै पनि स्वाभिमानी र स्वावलम्वी बन्दैन ।’

यस्ता अनुदानले देशको अस्तित्व जहिले पनि खतरा पर्न सक्ने उनको धारणा छ । देशलाई वैदेशिक हस्तक्षेप र खतराबाट मुक्त गर्न आर्थिक विकास गरेर समृद्ध बनाउनु भन्दा अर्को विकल्प नभएको समेत उनको तर्क छ ।

उनले लेखेका छन् , ‘नत्र भने अहिलेको जस्तै भाँडभैलो हुन्छ र देशको अस्तित्व कालान्तरमा रहँदैन ।’

उनले सामाजिक सञ्जालमा यस्तो धारणा सार्वजनिक गरेका छन्-

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ५ : २६ बजे

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

रौतहट– मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको