विश्व खाद्य दिवस महिनाव्यापी मनाइने « Khabarhub

विश्व खाद्य दिवस महिनाव्यापी मनाइने


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खाद्य सुरक्षाका लागि काम गर्दै आएका विभिन्न संघ संस्थाहरुले यस वर्षको विश्व खाद्य दिवस महिनाव्यापी मनाउने भएका छन् ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरुले खाद्यका लािग कृषि अभियानका रुपमा दिवसलाई महिनाव्यापी मनाउने जनाएका हुन् ।

यस वर्ष “हाम्रो पहल : सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण” भन्ने नाराका साथ अक्टोबर १० तारिकमा विश्व खाद्य दिवस मनाइँदैछ ।

यस वर्ष नेपालको कृषि खडेरी र अतिवृष्टि दुवैको शिकार भएको तथा कृषि क्षेत्रमा विभिन्न समस्या आएकाले जिम्मेवार निकायको ध्यानाकर्षण गराउन र खानाका लागि विभिन्न आयामहरुका बारेमा जनशिक्षा दिन महिनाव्यापी रुपमा दिवस मनाउन लागिएको फियान नेपालका कार्यक्रम अधिकृत लक्ष्मी गुरुङले जानकारी दिइन् ।

सन् १९७१ मा राष्ट्र संघको २० औँ साधारण सभाले खाद्य तथा कृषि संगठनको स्थापनाको अवसरमा दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो ।

नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ९ : ४५ बजे

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

रौतहट– मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको