पहिरोले एक सातादेखि भोटखोला जाने सडक अवरुद्ध « Khabarhub

पहिरोले एक सातादेखि भोटखोला जाने सडक अवरुद्ध


२५ भदौ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारबाट भोटखोला जाने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

पहिरोका कारण सदरमुकाम जोड्ने उक्त सडक खण्ड ६ दिनदेखि अवरुद्ध रहेको पौडेलले बताए । मकालु गाउँपालिका र भोटखोला गाउँपालिको सीमा मकालु–३ हाइटारमा खसेको पहिरो हटाउन पहल भइरहेको पौडेलको भनाइ छ ।

‘अहिले पनि त्यस क्षेत्रमा पहिरो निरन्तर खसिरहेको छ । जसले गर्दा पहिरो हटाउन समस्या छ । पहिरो हटाउन अझै केही दिन लाग्नसक्छु,’ उनले भने । दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर गौतमकुमार श्रेष्ठले पहिरो हटाउन तीन वटा स्काभेटरको प्रयोग गरिएको जानकारी दिए । उनले पहिरो खस्ने क्रम अझै नरोकिएकाले समस्या भइरहेको बताए ।

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँगको सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको हेदाङनागढीसम्म मात्र पुग्ने गरेका छन् । न्यूज कारखाना

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  ६ : ५९ बजे

एनपीएलमा पोखराले टस जित्यो, काठमाडौंले सुरुमा ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा काठमाडौं गोर्खाजविरुद्ध

पाथीभरा दर्शनार्थीको चाप बढ्दै, केबलकार निर्माण छिटो सक्न माग

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि पुग्ने

राज्यमा विवेकहीन र निरंकुश प्रवृत्ति हाबी भयो : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला

काठमाडौँ– यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा आज

शान्तिवार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, पाँच घाइते

किएभ- युक्रेनले अर्को साता रुस र अमेरिकासँग नयाँ चरणको शान्तिवार्ताको