पीएनजीविरुद्धको शृंखला कब्जा, दोस्रो खेलमा नेपालको शानदार जित | Khabarhub Khabarhub

पीएनजीविरुद्धको शृंखला कब्जा, दोस्रो खेलमा नेपालको शानदार जित

६ विकेट लिएका सन्दीप म्यान अफ द म्याच


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्यूगिनीलाई नेपालले १५१ रनले पराजित गरेको छ । दोस्रो खेल जितेसँगै नेपालले पीएनजीविरुद्धको २ खेलको शृंखला पनि २–० ले जितेको छ ।

ओमानमा शुक्रबार भएको डेनाइट खेलमा नेपालले पहिला ब्याटिङ गर्दै २३३ रन बनाएको थियो । २३४ रनको लक्ष्य पाएको पीएनजी १९ ओभर १ बलमा ८२ रनमै अलआउट भयो ।

नेपालका लागि स्टार स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले ५ ओभर १ बल बलिङ गर्दै ११ रन दिएर ६ विकेट लिए । सन्दीपको स्पीन अगाडि टिक्न नसकेपछि पीएनजीका ब्याटरले आत्मसमर्पण गरेका थिए । सन्दीपले पहिलो खेलमा पनि ४ विकेट लिएका थिए । पहिलो खेलमा पनि म्याद अफ द म्याच बनेका सन्दीप दोस्रो खेलमा पनि म्यान अफ द म्याच भए ।

नेपाललाई शृंखला जिताउनेक्रममा सोमपाल कामी, बिक्रम सोब र सुशान भारीले १–१ विकेट लिए । पीएनजीका एक खेलाडी रन आउट भएका थिए । दिएको छ । पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक १९ रन बनाएका थिए ।

अन्य ब्याटर नेपाली बलिङ आक्रमणका अगाडि टिक्न सकेनन् । नेपालले पहिलो डेनाइट एक दिवसीय खेलमै जित हात पारेको हो ।

यसअघि नेपालका लागि रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले १२३ बलमा ८६ रन बनाए । यो उनको एक दिवसीय खेलमा सर्वाधिक स्कोर हो । उनले आफ्नो शान्त इनिङमा ३ छक्का र २ चौका प्रहार गरेका थिए ।

पौडेललाई करण केसीले उत्कृष्ट साथ दिए । कुनै बेला २ सयको स्कोरसम्म पुग्न नेपाललाई कठिन देखिएका बेला मैदानमा आएदेखि नै करणले विस्फोटक ब्याटिङ गरे । उनले २६ बलमा ४२ रन बनाए । उनले ४ छक्का र २ चौका प्रहार गरेका थिए ।

९ को स्कोरमा दुबै ओपनर गुमाएको नेपाललाई कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले उकासेका थिए । रोहितसँग ८९ रनको साझेदारी गरेका मल्लले ७० बलमा ४५ रन बनाएका थिए ।

यस्तै विनोद भण्डारीले १७ रन बनाए भने सोमपाल कामीले ११ रनको योगदन दिए । सन्दीप लामिछाने र सुशान भारी शून्यमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा स्कोर बनाउन सकेनन।

पीएनजीका लागि चाड सोपरले ३ विकेट लिए । ओमानमा रहँदा अब नेपालले आईसीसी विश्व च्याम्पियन्स लिग अन्तर्गत ओमान र अमेरिक सम्मिलित त्रिकोणीय शृंखला खेल्ने छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : २० बजे

ढाकामा हुने एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत

झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता

झापा – यहाँको विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज

१०औं राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

काठमाडौं – १०औं राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने

सिराहामा खैरो हेरोइनसहित एक युवक पक्राउ

सिरहा – यहाँको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले खैरो