च्याङ्ग्राको माग पनि उच्च , मूल्य पनि उच्च « Khabarhub

च्याङ्ग्राको माग पनि उच्च , मूल्य पनि उच्च


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट- आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए । बडादशैँमा च्याङ्ग्राको माग उच्च भएपनि भाउ निकै महङ्गिएको छ ।

यसपटकको दशैँमा उनले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्र्याएका छन् । जिल्लाका एक दर्जन व्यापारी दशैका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने गरेपनि यसपटक थोरै व्यापारी मात्रै हिमालपारी च्याङ्ग्रा लिन पुगेका छन् । तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङका सीमित च्याङ्गा भेडा बजार ल्याइएको छ ।

अहिले मुस्ताङका अधिकाँश भेडा च्याङ्ग्रा पोखरा पुर्‍याइने गरेको छ । केही वर्षअघि सम्म बागलुङमा मात्रै दुइदेखि तीन हजार भेडा च्याङ्ग्रा भित्रिने भएपनि अहिले त्यसको संख्या घटेर पाँच/सात सयमा झरेको छ ।

मुस्ताङमै भेडा च्याङ्ग्राको मुल्य बढी भएका कारण थोरै मात्रा भेडा च्याङ्ग्रा लिएर बागलुङ आएको व्यापारी खत्रीले बताए ।

‘मुस्ताङमै एउटा च्याङ्ग्राको मुल्य ३२ हजार पर्‍यो, एक दुई हजार नाफा खानै पर्‍यो बागलमा ३६ हजारमा च्याङ्ग्रा बिक्री गर्ने योजना रहेको छ’ उनले भने, ‘च्याङ्ग्रीलाई समेत १७ हजार बढी मुल्य पर्ने भएको छ, आठ दिनको हिडाई निकै कष्टकर छ, तिब्बतबाट च्याङ्ग्रा नेपाल नआए आगामी दिनमा च्याङ्ग्राको मुल्य छोइ नसक्नु हुनेछ ।’

मुस्ताङ पुगेका व्यापारी महेन्द्र केसी र अम्मर बहादुर क्षत्रीले बागलुङ तर्फ च्याङ्गा लिएर आउदै छन् ।

अहिले जिल्लामा च्याङ्ग्राको मासु प्रति केजी रु. एक हजार ८०० कारोबार शुरु भएको छ । हिमालीक्षेत्रमा जडीबुटी खाएर हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिष्ट हुने गर्दछ । अन्य चाडपर्वमा खसी बोका र कुखुराको मासुको माग हुँने भएपनि वडा दशैमा च्याङ्ग्राको मासु खाने तथा कोसेली लैजाने परम्परा समेत छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ८ : २१ बजे

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको