दशैँ मनाउन स्वदेश फर्किँदाको खुसी « Khabarhub

दशैँ मनाउन स्वदेश फर्किँदाको खुसी



काठमाडौँ– नेपालीको महान पर्व दशैँ भित्रिएको छ । काठमाडौँ लगायतका विभिन्न शहरमा अस्थायी बसोबास गर्नेहरू दशैँमा घर फर्किने क्रम बढेको छ । विदेशमा रहेका नेपालीहरू पनि सकेसम्म स्वदेश आउँछन् ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वदेश फर्कनेको चहलपहल देखिन्छ । विमानस्थल पुग्दा विदेशबाट आएकाहरू खुसी देखिन्थे ।

हातमा लगेज गुडाउँदै हसिलो चेहरामा गेटबाट बाहिर निस्किरहेका मानिसहरू । साच्चै त्यो दृश्यले चाडपर्वको रौनक झल्काएको थियो । परदेशबाट आफन्त र परिवारसँग रमाउन दशैँ मनाउन आउनेहरूको मुहारमा खुसी देखिन्थ्यो ।

यसरी आउनेमा धेरै जसो विदेशमा रोजगारी गुमाएका, करार अवधि सकिएका र दशैँ मनाउन भनेर घर आएकाहरू थिए ।

रोजगारी गुमेर आउनु परेको भए पनि सुरक्षितरूपले मातृभूमि टेक्न पाएकोमा उनीहरूको मुहारमा चमक देखिन्थ्यो ।

त्यति मात्र होइन परदेशदेखि स्वदेश आउनेभएपछि विभिन्न ठाउँबाट परिवारहरू विमानस्थलमा स्वागत गर्न बसेका थिए ।

पाल्पाका दिलबहादुर मगर युएईबाट दशैँ मनाउन बिहीवार स्वदेश फर्किए । अन्य समयमा स्वदेश फर्किदाभन्दा दशैँमा जन्मभूमी टेक्न पाउँदा भाग्यमानी महशुस हुने उनले बताए ।

उनी युएईस्थित एक स्टिल कम्पनीमा काम गर्छन् । उनी एक महिनाको बिदामा स्वदेश फर्किएका हुन् । अन्य वर्षमा दशैँमा कहिल्यै स्वदेश फर्किन नपाउने उनलाई यसपाली अचानक यही बेला छुट्टी मिल्यो ।

‘१२ वर्ष भयो परदेश बसेको दशैँको समयमा बिदा पाएको थिइँन,’ उनले मुस्कुराउँदै भने, ‘तर भाग्यबस यसपाली दशैँमा बिदा पाएँ, परिवारसँग रमाउन पाउने भएँ खुसी छु ।’

त्यसो त यसअघि उनले धेरैपटक परदेशमै दशैँ मनाएका थिए । ‘परदेशमै पनि धेरै वर्ष दशैँ मनाएँ ठूलो कुरा भनेको खुसी हो रहेछ’ उनी भन्छन् ।

उनकाअनुसार परदेशमा रहँदा नेपाली जम्मा हुने, मासुका परिकार बनाउने खाने र रमाइलो गर्ने गर्थे । ‘परदेशमै हुँदापनि परिवारसँग सम्पर्कमा रहने भिडियो कल गरिन्थ्यो खुसी त्यसरी नै बाडिन्थ्यो’ उनले बिगतको दशैँ सम्झिँदै भने ।

तर यसपालीको दशैँमा बाआामाको हातबाट टीका र आर्शिवाद लिन स्वदेश आइपुग्दा उनको खुसीको सीमा छैन । बिमानस्थलम बाहिरको एक छेउमा उनकी श्रीमती उनलाई कुरिरहेकी थिइन् ।

५ वर्षपछि श्रीमान भेट्दा उनको मुहारमा खुसी त थियो नै । त्योभन्दा पनि महानचाड दशैँमा श्रीमान परदेशबाट फर्किदा उनी भावुक बनेकी थिइन् ।

‘उहाँलाई लिनकै लागि पाल्पाबाट आएकी’ उनले खुसी हुँदै भनिन्, ‘धेरैपछि सँगै दशैँ मनाउन पाउने भइयो धेरै खुसी छु ।’

लगेज गुडाउँदै खुसी बोकेर आउनेको भीड बढ्दै थियो । कतिपय दशैँमा परिवारका लागि लत्ताकपडा, टिभि, मोबाइल बोकेर आएको बताउँदै थिए ।

त्यस्तै परदेशबाट केही ल्याउन नसकेपनि परिवारसँग रमाउन दशैँ मनाउनकै लागि मात्र आउने पनि थिए ।

महानचाड दशैँ मनाउनकै लागि काभ्रेका सुमन घिमिरे पनि ४ वर्षपछि स्वदेश फर्किएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेको घिमिरेले विगतमा ३ वटा दशैँ उतै मनाए ।

‘यसअघि ३ वटा दशैँ मलेसियामै मनाएँ’ उनले खबरहबसँगको कुराकानीमा भने, ‘तर यसपाली दशैँकै लागि बिदा लिएर आएको ।’

देश छोडेर परदेशिनुको कारण पैसा र रोजगारी नै हो । रोजगारी खोज्दै परदिशिनेहरू महानचाड दशैँ र तिहारमा घर मुस्किलले आउने गर्छन् ।

दशैँमा बिदा पाउन निकै मुस्किल हुने बताउँदै उनी भन्छन्, ‘प्राय बिदा पाइहाले पनि अरु बेला पाइन्छ काम गर्न गएपछि गर्नैपर्‍यो ।’

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १ : ३६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल