घरेलु उपाय मार्फत यसरी बनाउनुहोस् गुलाबी ओठ | Khabarhub Khabarhub

घरेलु उपाय मार्फत यसरी बनाउनुहोस् गुलाबी ओठ


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

युवा होस् वा युवती हरेकले आफ्नो ओठ गुलाबी र आकर्षक होस् भन्ने चाहन्छन् । तर अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धूम्रपानको असरले ओठ कालो भइदिन्छ । कफीको अत्यधिक सेवनले पनि ओठ कालो हुन्छ ।

ओठ गुलाबी बनाउन धेरैले विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता घरेलु उपाय पनि छन्, जसले ओठको प्राकृतिक चमक फर्काउन सक्छ । साथै ओठलाई गुलाबी बनाउँछ ।

क) गुलाबको पत्ता
ओठको कालोपन हटाउन गुलाब फूलको पत्ता उपयोगी हुन्छ । गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउने र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउने र बिहान धुने । नियमित यसको प्रयोग गरे ओठ गुलाबी र चम्किलो हुन्छ ।

ख) चिनी र जैतुनको तेल
एक चम्चा चिनीमा जैतुनको तेल केही थोपा मिसाएर लेप बनाई ओठमा हल्का रगड्ने । यसो गर्दा ओठका पुराना कोशिका बिस्तारै हट्छ । साथै ओठको सौन्दर्य बढ्छ ।

ग) तिलको तेल र बेसारको लेप
एक चिम्टी बेसारलाई आधा चम्चा तिलको तेलमा मिलाएर लेप बनाई ओठमा लगाएर हल्का मसाज गर्ने । त्यसपछि ३० मिनेटसम्म छाडिदिने । त्यसपछि मन तातो पानीले धुने ।  यो प्रक्रिया दिनमा एक पटक गर्दा बिस्तारै कालो ओठ गुलाबी ओठमा परिणत हुन्छ ।

घ) कागती
कागतीको प्रयोगले पनि ओठको कालोपन हटाउँछ । यसकालागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउनु पर्दछ ।

ङ) नरिवलको तेल र तिलको लेप
आधा चम्चा नरिवलको तेललाई सानो कचौरामा आधा चम्चा तिलको लेपमा राम्रोसँग मिलाउने । त्यो लेप राती सुत्नु अघि ओठमा लगाएर हल्का मसाज गर्ने । बिहान उठेर मनतातो पानीले पखाल्ने । यो प्रक्रिया एक महिनासम्म लगातार गरे ओठ गुलाबी र कोमल बनाउँछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ६ : ०० बजे

निजी क्षेत्रले प्रसारणलाइन निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ : अध्यक्ष कार्की

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले

लगानी सम्मेलन : चिनियाँ कम्पनी सिमेनले नेपालमै ईभी बनाउन ३ अर्ब लगानी गर्ने

काठमाडौं – विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल) को आकर्षक बजार बनिरहेको

बझाङमा बाजी मारेका दमन, जसले भत्काए कांग्रेसको विरासत

काठमाडौं- बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध