घरेलु उपाय मार्फत यसरी बनाउनुहोस् गुलाबी ओठ « Khabarhub

घरेलु उपाय मार्फत यसरी बनाउनुहोस् गुलाबी ओठ


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

युवा होस् वा युवती हरेकले आफ्नो ओठ गुलाबी र आकर्षक होस् भन्ने चाहन्छन् । तर अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धूम्रपानको असरले ओठ कालो भइदिन्छ । कफीको अत्यधिक सेवनले पनि ओठ कालो हुन्छ ।

ओठ गुलाबी बनाउन धेरैले विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता घरेलु उपाय पनि छन्, जसले ओठको प्राकृतिक चमक फर्काउन सक्छ । साथै ओठलाई गुलाबी बनाउँछ ।

क) गुलाबको पत्ता
ओठको कालोपन हटाउन गुलाब फूलको पत्ता उपयोगी हुन्छ । गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउने र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउने र बिहान धुने । नियमित यसको प्रयोग गरे ओठ गुलाबी र चम्किलो हुन्छ ।

ख) चिनी र जैतुनको तेल
एक चम्चा चिनीमा जैतुनको तेल केही थोपा मिसाएर लेप बनाई ओठमा हल्का रगड्ने । यसो गर्दा ओठका पुराना कोशिका बिस्तारै हट्छ । साथै ओठको सौन्दर्य बढ्छ ।

ग) तिलको तेल र बेसारको लेप
एक चिम्टी बेसारलाई आधा चम्चा तिलको तेलमा मिलाएर लेप बनाई ओठमा लगाएर हल्का मसाज गर्ने । त्यसपछि ३० मिनेटसम्म छाडिदिने । त्यसपछि मन तातो पानीले धुने ।  यो प्रक्रिया दिनमा एक पटक गर्दा बिस्तारै कालो ओठ गुलाबी ओठमा परिणत हुन्छ ।

घ) कागती
कागतीको प्रयोगले पनि ओठको कालोपन हटाउँछ । यसकालागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउनु पर्दछ ।

ङ) नरिवलको तेल र तिलको लेप
आधा चम्चा नरिवलको तेललाई सानो कचौरामा आधा चम्चा तिलको लेपमा राम्रोसँग मिलाउने । त्यो लेप राती सुत्नु अघि ओठमा लगाएर हल्का मसाज गर्ने । बिहान उठेर मनतातो पानीले पखाल्ने । यो प्रक्रिया एक महिनासम्म लगातार गरे ओठ गुलाबी र कोमल बनाउँछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ६ : ०० बजे

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका