काठमाडौँका नदी–तलाउमा छठ तयारीको रौनक « Khabarhub

काठमाडौँका नदी–तलाउमा छठ तयारीको रौनक


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिङ्गो तराईसहित संघीय राजधानी काठमाडौँका नदी किनारहरूमा छठको रौनक सुरु भएको छ ।

काठमाडौँको गुह्येश्वरीमा छठ मनाउने तयारी गरिएको छ ।

गुह्येश्वरी छठ पूजा समितिले नदी किनार सझाउने र सफाइ गर्ने काम गरेको छ । भक्तजनहरू वारपार गर्न अस्थायी पुल बनाइएको छ ।

काठमाडौँका विभिन्न १३ ठाउँमा छठ मनाउने तयारी छ । गौरीघाट, कमलपोखरी, थापाथली, नागपोखरी लगायतका स्थानमा छठ मनाउन सरसफाइ तथा सौन्दर्यीकरणको काम भइरहेको छ ।

गौरी घाटमा छठपूजाको व्यवस्थापनका लागि दुई साताअघि २० जना कामदारले काम थालेको गौरीघाट–गुह्येश्वरी छठ पूजा समितिले जनाएको छ ।

विगतका वर्षहरूमा एक महिनाअघि नै छठपूजा व्यवस्थापनको काम सुरु हुन्थ्यो । कोभिडका कारण गत वर्ष भने नदी तथा तलाउहरूमा छठपूजा भएको थिएन ।

यस वर्ष पनि सरकारले नदीतलाउ खुला गर्ने हो कि होइन भन्ने अन्योलका बीच ढिला तयारी सुरु गरेको समितिका सचिव किशोर यादवले बताए ।

पशुपति क्षेत्र विकास कोष, गौरीघाट–गुह्येश्वरी छठपूजा समिति र अधिकार सम्पन्न बागमती आयोजनाको समवन्यमा व्यवस्थापनको काम भएको उनले बताए ।

गुह्येश्वरीमा छठपूराका लागि कुल १८ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

यादवका अनुसार गुह्येश्वरी घाटमा ६७५ वटा पूजा स्थल राखिएको छ । विगतमा यसवर्ष व्रतालुको भीड नहुने उनी बताउँछन् ।

व्रतालुले एउटा पूजा स्थलको १ हजार १ सय रुपैयाँ तिर्नुपर्नेछ । मानिसहरू छठपूजाका लागि नाम लेखाउन र टिकट लिन समितिमा पुगिरहेका छन् ।

मङ्गलबार नै छठपूजाका लागि बुझ्न आइपुगेका थिए जनकपुरका रामनारायण शाह । काठमाडौँको सुकेधारा बस्ने शाहले विगतका वर्षहरूमा जनकपुरमै छठ मनाउने गरेको भए पनि यसपालि काठमाडौँमा मनाउँदैछन् ।

काठमाडौँको कमलपोखरीमा पनि छठपूजाको तयारी भएको छ । थापाथलीस्थित बागमतीको किनारामा पनि तयारी गरिएको छ ।

यसरी मनाइन्छ छठ

छठ पर्व चार दिन मनाइन्छ । मुख्य दिन कार्तिक शुक्ल षष्ठी हो । यस दिन साँझ जलाशयमा अस्ताउँदो सूर्यको पूजाआराधना हुन्छ । भोलिपल्ट बिहान उदाउँदो सूर्यको स्तुति गरेपछि छठको पूरा सम्पन्न हुन्छ ।

छठको पहिलो दिन आरोग्य, अहिंसा, सत्य र समृद्धिका रूपमा नुहाएर शुद्ध खानेकुरा खाने गरिन्छ ।

दोस्रो दिन व्रतालुले दिनभर उपवास बसेर राति खीर, पुरी लगायत गृह र सूर्य देवतालाई चढाई नुन नराखेको खानेकोरा खाने चलन छ ।

तेस्रो दिन व्रतालुले विभिन्न पकवानतथा फलफूलसहित माटाका भाँडामा राखेर साँझपख नदी तलाउमा अस्ताउँदो सूर्यको आराधना गर्छन् ।

त्यस रातभर नदी तलाउ तथा पोखरी डिलमा जाग्राम बस्ने गरिन्छ । त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व समापन हुन्छ ।

यसपछि शुभकामना आदानप्रदान गर्ने, प्रसाद ग्रहण गर्ने र मिठोमसिनो खाने चलन छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : ५५ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।