नोबेल शान्ति पुरस्कार विजेता मलालाले गरिन् विवाह « Khabarhub

नोबेल शान्ति पुरस्कार विजेता मलालाले गरिन् विवाह


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाकिस्तानी शिक्षा अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजायीले विवाह गरेकी छन् ।

मलालाले बेलायतको ब्रिमिंगघामस्थित आफ्नै घरमा विवाह गरेको सामाजिक सञ्जालमा जानाकारी दिएकी छन् । २४ वर्षीया मलालाले असर नाम गरेका व्यक्तिसँग विवाह गरेर परिवारसँग खुसीयाली मनाएको बताएकी छन् ।

‘आज मेरो जीवनको विशेष दिन हो । असर र म बैबाहिक बन्धनमा बाँधिएका छौं,’ ट्विटरमा उनले लेखेकी छन् । उनले असरसँग विवाह गरेको चार ओटा तस्विरसमेत पोस्ट गरेकी छन् ।

पहिलो नामबाहेक मलालाले आफ्ना श्रीमानबारे थप कुनै जानाकारी दिएकी छैनन् । इन्टरनेट प्रयोगकर्ताहरुले असर पाकिस्तान क्रिकेट बोर्डको हाई पर्फमेन्स सेन्टरका महाप्रबन्धक भएको दाबी गरेका छन् । तर, यसको स्वतन्त्र पुष्टि भएको छैन् ।

महिला र बालबालिकाको अधिकारका लागि गरेको योगदानका कारण मलाला पश्चिमेली मुलुकमा प्रख्यात छिन् । उनका गतिविधिलाई लिएर केही पाकिस्तानी विभाजित छन् ।

जुलाईमा मात्र बेलायतको भोग्यु म्यागेजिनलाइ अन्तर्वार्ता दिने क्रममा उनले विवाहबारे आफूले केही नसोचेको बताएकी थिइन् । ‘मानिस किन विवाह गर्छन भन्ने बारेमा मैले अझै बुझेकी छैन् । तपाइको जीवनमा कोही व्यक्ति छ भने तपाईले विवाहसम्बन्धी कागजमा किन हस्ताक्षर गर्ने ? । ’ उनले भनेकी थिइन् । उनको टिप्पणीपछि पाकिस्तानमा सामाजिक सञ्जालका प्रयोकर्ताहरुले चर्को आलोचना गरेका थिए ।

मलालालाई सन् २०१२ मा तालिवान लडाकुहरुले विद्यालयबाट घर फर्किने क्रममा गोली हानेका थिए । गम्भीर घाइते भएकी उनको बेलायतमा लामो समय उपचार भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ९ : २६ बजे

कांग्रेस १५ औँ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको

गाजामा इजरायलको कडा चेतावनी

जेरुसेलम– हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो

‘अब कसैको आदेशमा कांग्रेस चल्दैन’ : अर्जुन बस्नेत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि बनेका अर्जुन बस्नेतले