हिस्टेरियाको उपचार विधि « Khabarhub

हिस्टेरियाको उपचार विधि


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो रोग खास गरेर विवाह नभएका युवतीलाई धेरैजसो लाग्न सक्दछ तर विवाह गरिसकेका युवतीलाई पनि यो रोगले सताउन सक्छ । हिस्टेरिया भनेको उत्तेजना आउनु हो । युवतीलाई सम्भोग गर्न धेरै मन लाग्नु, धेरै चाहना हुनु हो ।

समयमा अनि आफूलाई धितमर्ने गरी यौनको मजा लिन नपाएको खण्डमा यो रोगको लक्षण देखिन थाल्छ । रोगी मूर्छा पर्नु, मुर्छा परेका अवस्थामा शरीरबाट झड्का आउनु, घाँटीको मांसपेशी कसिलो बन्नु, हातका मुठी बाँधिनु, दाँत कटकट गर्नु, स्वास फेर्न गाह्रो हुनु वा छिटो छिटो श्वास फेर्नु, मुटुको धड्कन बढ्ने, कहिले रुने, कहिले हाँस्ने, कहिले गीत गाउने, उल्टी गर्ने, आँखा नचाउने, कपाल र शरीर निचोर्ने आदि जस्ता लक्षणहरु देखिन्छन् ।

उपचार विधि
१. रोगीको विवाह भएको छैन भने विवाह गरिदिने ।
२. एक ठाउँबाट अर्को ठाउँमा स्थान परिवर्तन गराउने ।
३. लोग्ने स्वास्नीको समस्या समाधान गर्ने ।
४. रोगीलाई रोगले च्यापेपछि लुगा खुकुलो बनाइदिने ।
५. हावा आउने सफा ठाउँमा, ओछ्यानमा सुताउने र टाउकोतिर सिरानी राखिदिने ।
६. रोगी बेहोसी भएमा आँखा र मुखमा पानी छर्कने ।
७. रोगीलाई होसमा ल्याउनको लागि नाकको प्वालमा प्याज वा लसुनको रस या कपुरको केही थापो राख्ने ।
८. मानसिक कारणबाट यस्तो भएको खण्डमा भने मनोवैज्ञानिकद्वारा उपचार गर्ने ।
९. बिहानी पखको चिसो हावामा घुम्न जाने, मर्निङ वाक गर्ने ।
१० रोगीलाई धेरै सहानुभूति नदेखाउने ।
११. रोगीलाई एकान्त ठाउँमा एक्लै नराख्ने ।
१२. धुम्रपान गर्ने बानी भएमा हटाउनुपर्छ ।
१३. अश्लिल साहित्य तथा अश्लिल फिल्म नहेर्ने ।
नोट : यो रोग लागेका बिरामीलाई यौन चाहना तिव्र हुने भएकोले जोसँग पनि यौन सम्पर्क नगर्ने ता कि अनेकौँ समस्याहरु बढ्न नपाओस् ।
साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : २१ बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको