कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य « Khabarhub

कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता टुंगो लागेको बताए ।

२७-२९ मंसिरमा तोकिएको कांग्रेस महाधिवेशनको तयारीअन्तर्गत रौतहटमा क्रियाशील सदस्यतामा विवाद देखिएको थियो । तर त्यसलाई समाधान गरेर आज नामावली सार्वजनिक गरिएको सूचना अधिकारी अधिवक्ता केशव रिजालले जानकारी दिए ।

यता कांग्रेस रौतहटका केही नेता कार्यकर्ता भने क्रियाशीलता सदस्यतामाथि प्रश्न उठाउँदै केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसिरहेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १२ : ३८ बजे

वेस्ट इन्डिजसँगको तयारीमा नेपाल (तस्बिरहरू)

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली

प्रणय दिवसमा युवाद्वारा पशुपति वृद्धाश्रममा सेवा

काठमाडौं– प्रणय दिवसका अवसरमा शनिबार अधिकांश युवायुवती प्रेमी–प्रेमिकासँग रमाइरहेका बेला

भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प

एजेन्सी– प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

ढोरपाटन– सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति

प्रचण्डबाट शान्तियात्रा तय गर्ने तत्कालीन माओवादीको ऐतिहासिक बैठकस्थल चुनबाङ भ्रमण

रुकुम पूर्व– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालीन