धादिङमा बस दुर्घटना हुँदा ३५ जना घाइते « Khabarhub

धादिङमा बस दुर्घटना हुँदा ३५ जना घाइते


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा आज भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

द्रुत गतिमा गुडेको सवारी साधन साँघुरो घुम्तीमा दुईवटा बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धादिङबेँसीबाट चितवन गइरहेको ना५ख ३२३५ नंको बस र काठमाडौँबाट धादिङबेँसी हुँदै फूलखर्कतर्फ आउँदै गरेको ना७ख ५८२८ नंको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर अवस्थाका दुईजनाको थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ । बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

केही यात्रुलाई बसमा चेपिएको अवस्थामा समेत उद्धार गरिएको थियो । दुर्घटनापछि सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकलाई डोजरको सहायताले सवारी साधन हटाएर यातायात सञ्चालन गराइएको बताइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  २ : ३४ बजे

वेस्ट इन्डिजसँगको तयारीमा नेपाल (तस्बिरहरू)

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली

प्रणय दिवसमा युवाद्वारा पशुपति वृद्धाश्रममा सेवा

काठमाडौं– प्रणय दिवसका अवसरमा शनिबार अधिकांश युवायुवती प्रेमी–प्रेमिकासँग रमाइरहेका बेला

भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प

एजेन्सी– प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

ढोरपाटन– सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति

प्रचण्डबाट शान्तियात्रा तय गर्ने तत्कालीन माओवादीको ऐतिहासिक बैठकस्थल चुनबाङ भ्रमण

रुकुम पूर्व– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालीन