सुनसरी एमालेमा विवाद : अध्यक्ष बोल्दै गरेका बेला द्वारिकालाल चौधरीले खोसे माइक « Khabarhub

सुनसरी एमालेमा विवाद : अध्यक्ष बोल्दै गरेका बेला द्वारिकालाल चौधरीले खोसे माइक


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरी नेकपा एमालेमा विवादले उग्र रूप लिएको छ। २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादले पक्ष र विपक्षबीच दोहोरी चलेपछि उग्र रूप लिएको हो । सदरमुकाम इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बुधवार बस्ने भनिएको बैठकमा आपसमा माइक खोसाखोस समेत भएको छ।

२ जेठको विषयमा चरम विवाद भएपछि २ जेठका अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले गत पुसमा अध्यक्ष बनाएका रेवतीरमण भण्डारीको समूहबीच विवाद चर्केको थियो । दुवैलाई हटाएर तेस्रो व्यक्ति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराएपछि दुवै पक्षबीच मनमुटाव भएको हो ।

कार्यक्रमको अध्यक्षता गरेर बोल्ने क्रममा पूर्व जिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले माइक खोसेका हुन् । अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको बैठकमा अतिथी निरौला हुन नमिल्ने भन्दै चौधरीले माइक खोसेपछि बैठकस्थलमा तनाव भएको छ। चौधरीको हातबाट पुन: माइक खोस्न कार्यकर्ताहरू मञ्चमै चढेपछि त्यहीँ थप विवाद भएको छ। माइक खोसेपछि चौधरी कार्यक्रम स्थलबाट हिँडेका छन् । उनले बैठक बहिष्कार गरेको बताएका छन्।

उनले सुनसरी एमालेको विवादलाई लिएर केहीबेरमा इटहरीमा पत्रकार सम्मेलनको तयारी गरेका छन् । चौधरीले माइक खोसे पनि बैठक नरोकिएको एक नेताले बताए । चौधरीले हिजो मङ्गलवार सामाजिक सञ्जालमा जिल्ला बैठक मेरो अध्यक्षता हुने भन्दै पोस्ट समेत गरेका थिए । न्यूज कारखानाबाट

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  २ : ४१ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा