अपांगता भएकी अम्मराको पीडा : उपचार गरेपछि झनै समस्या भयो « Khabarhub

अपांगता भएकी अम्मराको पीडा : उपचार गरेपछि झनै समस्या भयो


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– पुर्चौडी नगरपालिका–६ स्वाडीकी अम्मरा साउद २३ बर्षकी भइन् । उनी जन्मजात अपांगता भएकी व्यक्ति हुन् । उनको बाँया खुट्टा र बाँया आँखाले काम गर्दैनन् । बाँया आँखाले पटक्कै नदेख्ने र बाँया खुट्टा पनि पटक्कै नचल्ने उनी बताउँछिन् ।

उनको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर छ । त्यसमाथि १९ बर्षअघि नै घरको मूली बाबुको मृत्यु भएपछि उनी बेसहार झैँ बनेकी छिन् । उनका दाजुले ज्याला मजदुरी गरेर कमाएको पैसाले बिहान बेलुका हातमुख जोड्नसम्म मुस्किलेले पुगेको छ । घरमा दाजु, भाउजु र वृद्धा आमा उनै एक जनाको कामाइको भरमा छन् ।

पटक पटक उपचारका लागि पुर्चौडी नगरपालिकासँग अनुरोध गरेकी अम्मराले गत आर्थिक बर्षमा उपचार खर्च बापत ५० हजार प्राप्त गरेकी थिइन् । उक्त रकम साथ लिएर उनी उपचारका लागि गत माघमा काभ्रेको बनेपास्थित अपांग बाल अस्पताल पुगेकी थिइन् ।

त्यहाँ एक महिनासम्म अस्पतालमा भर्ना भइन् । एक लाखभन्दा बढी खर्च गरेर अम्मराको खुट्टाको अप्रेसन भयो । अप्रेसनपछि उनलाई ११ चैतमा पुनः अस्पताल आउन भनिएको थियो । तर, गाडीभाडा समेत जुटाउन नसक्दा बनेपा अस्पताल जान पाइनन् ।

बनेपा अस्पताल हिँडेकी अम्मरा धनगढीसम्म मात्रै पुग्न सकिन् । उनले कैलालीमा रहेको पद्मा अस्पतालमा १० हजार खर्च गरी खुट्टाको प्लास्टर निकालिन् । त्यसपछि घर फर्केकी उनलाई अहिले विगतकोभन्दा बढी समस्या भएको छ ।

पीडित साउदले भनिन्, ‘म उपचार गर्नुअघिसम्म बैशाखी टेकेर १–२ घण्टा हिड्न सक्थेँ । अप्रेसन गरेपछि झनै समस्या भएको छ । अहिले घरबाहिर आउन समेत समस्या हुन्छ । मेरो खुट्टामा हालेका रड र किलाहरू बिझाउँछन् । दोस्रो पटक अस्पताल आउनु भनेकोमा पैसाको अभावका कारण अस्पताल जान सकेकी छैन् । घरमा कसैको कमाई छैन् । मेरो पीडा बुझेर कसैले धेरथोर रकम आर्थिक सहयोग गरिदिए आभारी हुने थिए ।’ नगरपालिकाले पनि पटक पटक सहयोग गर्न सकिँदैन भनेको उनले बताइन ।

अहिले बैशाखी टेक्न समेत समस्या भइरहेको साउदले सुनाइन् । अहिलेसम्म उपचारका लागि बझाङ अस्पताल, जोगबुडा अस्पताल र काभ्रेको बनेपा अस्पताल पुगे पनि उपचार सम्भव नभएको उनले बताइन् ।

अम्मराका दाई गोरे साउद दैनिक भारी बोक्ने काम गर्छन् । भारी बोकेको ज्यालाले दैनिक छाक टार्ने गरेका छन् । बर्षाका बेला चुहिने घरमा बस्ने अम्मराको परिवारको आर्थिक अवस्था नाजुक रहेकाले उपचार गर्न सक्ने अवस्था छैन् ।

अपांगता भएकी अम्मरा साउदलाई आर्थिक सहयोग गर्न चाहेमा मोबाइल नम्बर ९८४२१९०३४२ मा सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ३ : ३० बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग