पाउलो कोएलोले सम्झिए नेपाली पाठक « Khabarhub

पाउलो कोएलोले सम्झिए नेपाली पाठक


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वप्रसिद्ध ब्राजिलियन लेखक पाउलो कोएलोले आफ्नो कृति ‘हिप्पी’का नेपाली पाठकलाई भिडियो सन्देश पठाएका छन् । प्रकाशक फाइनप्रिन्टले ‘हिप्पी’को नेपाली अनुवाद सार्वजनिक गरेको सन्दर्भमा उनले उक्त सन्देश पठाएका हुन् ।

पाउलोले भिडियोको सुरुवातमा भनेका छन्, ‘यो दृश्य सामग्री नेपाली साथीहरूका लागि हो । म र मेरा कृतिलाई माया गरिदिएकामा तपाईंहरूलाई धेरै धेरै धन्यवाद ।’ पाउलोलाई अति मन पराउने लेखक बुद्धिसागरलाई समेत उनले सम्झिएका छन् ।

विश्वविख्यात लेखक पाउलोको पुस्तक अंग्रेजीमा पढ्न नसक्नेहरूका लागि हिप्पीको यो अनुवाद उपयोगी हुने लेखक बुद्धिसागरले बताए । ‘अन्तर्राष्ट्रिय पुस्तक आफ्नै भाषामा पढ्न पाउनु नेपाली पाठकका लागि खुसीको विषय हो,’ उनले भने ।

हिप्पीको नेपाली संस्करण फाइनप्रिन्टले प्रकाशन गरेको हो । जीवनको गहिरो अर्थ खोज्न यात्रामा निस्किएको पाउलो नाम गरेका ब्राजिलियन केटाको कथा हो— हिप्पी । बोके दारी र लामो दारी पालेको पाउलोले याम्स्टड्र्याममा कार्ला नामकी डच युवतीलाई भेट्छन्, जो हिप्पी टे«ल पछ्याउँदै काठमाडौं जानका लागि साथी खोजिरहेकी हुन्छन् । उनीसँगै पाउलो काठमाडौंका लागि हिँड्छन्, म्याजिक बस चढेर । अनि सुरु हुन्छ, उनीहरूको जीवन परिर्वतन गर्ने प्रेमकथा । हिप्पीको नेपाली अनुवाद लेखक सुरेश बडालले गरेका हुन् ।

विश्वव्यापी रूपमा ६ करोड ५० लाख प्रति बिक्री भएको र ८० भन्दा बढी भाषामा अनूदित भएको द अल्केमिस्टका लेखक हुन्, कोएलो ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ३ : ३८ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा