दुबईबाट मलद्वारमा सुन राखेर आएका भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ « Khabarhub

दुबईबाट मलद्वारमा सुन राखेर आएका भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

बुधबार विहान साढे ९ बजेको फ्लाइटमा दुबईबाट आएका भारतीय नागरिक ३५ वर्षीय मोहमद जुहेदलाई प्रहरीले आधा किलो सुनसहित नियन्त्रणमा लिएको हो ।

प्रहरी र भन्सारको संयोजनमा उनको मलद्वारबाट तस्करी गर्न लागिएको सुन बाहिर निकालिएको छ ।

‘मलद्वारमा लुकाएर ल्याएको रहेछ । भन्सार क्लियर गरेर बाहिर जाने बेला एराइभलको बाटोमा उनको चालढाल देखेर प्रहरीलाई शंका लाग्यो । शंका लागेर चेकजाँच गर्दा फेला परेको हो,’ विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी राजेश बाँस्तोलाले भने ।

बाँस्तोलाले थपे, ‘सुन अन्दाजी आधा किलो हो । प्लास्टिकसहित ५४५ ग्राम छ । भन्सारमा बुझाइएको छ । भन्सारले नापजाँच र आवश्यक कारवाही गर्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ५ : ०८ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका