राष्ट्रपति भण्डारीद्वारा छठ पूजा (भिडियो ) « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा छठ पूजा (भिडियो )


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा काठमाडौँको गुहेश्वरी र कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरेकी छन् ।

छठ पूजा समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले छठीमाईको दर्शन गरिन्। छठ पर्वका अवसरमा राष्ट्रप्रमुखबाट गुहेश्वरी र कमलपोखरी पुगेर पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि गुहेश्वरी, कमलपोखरी लगाएतका स्थान झकिझकाउ पारिएको छ ।

यस्तै छठ पर्वको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले काठमाडौँको कुपण्डोलस्थीत बागमती किनारमा पुगी छठी माइको दर्शन गरेका छन् ।

धबार अपरान्ह प्रधानमन्त्री देउवा बागमती किनारमा पुगेर सार्वसाधारणका साथ नै छठी माइको दर्शन गरे । सो क्रममा प्रधानमन्त्री देउवाले छठ पर्वका अवसरमा शुभकामना दिए । उनले छठ पर्व सबै नेपालीमा सुख शान्तिको कामना गरे ।

त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, ऊर्जा मन्त्री पम्फा भुसाललगायत पनि कुपण्डोलस्थित बागमती किनारमा पुगेर छठी माइको दर्शन गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ६ : २७ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको