राष्ट्रपति भण्डारीद्वारा छठ पूजा (भिडियो ) | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीद्वारा छठ पूजा (भिडियो )


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा काठमाडौँको गुहेश्वरी र कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरेकी छन् ।

छठ पूजा समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले छठीमाईको दर्शन गरिन्। छठ पर्वका अवसरमा राष्ट्रप्रमुखबाट गुहेश्वरी र कमलपोखरी पुगेर पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि गुहेश्वरी, कमलपोखरी लगाएतका स्थान झकिझकाउ पारिएको छ ।

यस्तै छठ पर्वको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले काठमाडौँको कुपण्डोलस्थीत बागमती किनारमा पुगी छठी माइको दर्शन गरेका छन् ।

धबार अपरान्ह प्रधानमन्त्री देउवा बागमती किनारमा पुगेर सार्वसाधारणका साथ नै छठी माइको दर्शन गरे । सो क्रममा प्रधानमन्त्री देउवाले छठ पर्वका अवसरमा शुभकामना दिए । उनले छठ पर्व सबै नेपालीमा सुख शान्तिको कामना गरे ।

त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, ऊर्जा मन्त्री पम्फा भुसाललगायत पनि कुपण्डोलस्थित बागमती किनारमा पुगेर छठी माइको दर्शन गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ६ : २७ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले