एमालेका संगठित सदस्य कैलालीमा सबैभन्दा बढी, मनाङमा १७९ मात्र (सूचीसहित) « Khabarhub

एमालेका संगठित सदस्य कैलालीमा सबैभन्दा बढी, मनाङमा १७९ मात्र (सूचीसहित)


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका तीन प्रदेशका संगठित सदस्यको संख्या सार्वजनिक हुँदा सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम संख्या मनाङमा देखिएको छ ।

बाग्मती, सुदूरपश्चिम र गण्डकी प्रदेशका संगठित सदस्यको नाम सार्वजनिक हुँदा कैलालीमा सबैभन्दा बढी २२ हजार ६४३ र हिमाली जिल्ला मनाङमा १७९ मात्र एमालेको संगठित सदस्य रहेको पाइएको हो ।

बाग्मती प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी एक लाख ६४ हजार २३०, गण्डकीको ११ जिल्लामा ७८ हजार ९३५ तथा सुदूरपश्चिम प्रदेशमा ८२ हजार २४४ जनाले एमालेको संगठित सदस्यता प्राप्त गरेको सो पार्टीले जनाएको छ ।

राजधानी कैलालीपछि दोस्रो स्थानमा काठमाडौँमा २० हजार १०० तथा तेस्रो स्थानमा सिन्धुलीमा २० हजार २ ५७ रहेका छन् भने सबैभन्दा कम दोस्रो स्थानमा मुस्ताङमा ५२५ र रसुवामा एक हजार ८३६ जनाले एमालेको संगठित सदस्यता प्राप्त गरेको एमालले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

बाग्मती प्रदेश

१ काठमाडौं– २०,१००
२ ललितपुर– ८,६०५
३ भक्तपुर– ५,२८९
४ मकवानपुर– ९,२५८
५ चितवन– १५,८११
६ धादिङ– १२,२४९
७ रसुवा– १,८३६
८ नुवाकोट–८,९२६
९ काभ्रेपलाञ्चोक–२२,०५५
१० सिन्धुपाल्चोक– १५,०२५
११ दोलखा– १२,१५७
१२ रामेछाप– १२,६६२
१३ सिन्धुली– २०,२५७
जम्मा– १,६४,२३०

गण्डकी प्रदेश

१ मनाङ – १७९
२ मुस्ताङ – ५२५
३ म्याग्दी– ३,७३७
४ बागलुङ – ५,२०५
५ तनहुँ– ६,१०४
६ लमजुङ– ६,४३२
७ पर्वत– ६,७६०
८ गोरखा– ७,६४४
९ नवलपुर– ११,२१५
१० स्याङ्जा– १३,६४८
११ कास्की– १७,४८६
जम्मा– ७८,९३५

सुदूरपश्चिम प्रदेश

१ कैलाली – २२,६४३
२ कञ्चनपुर– ९,३१५
३ डोटी– ६,५००
४ डडेल्धुरा– ४,५४३
५ अछाम– ६,०००
६ बझाङ – ७,०००
७ बाजुरा – ११,९६३
८ बैतडी– ८,०८०
९ दार्चुला – ६,३००

जम्मा–   ८२, २४४

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ६ : ५१ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।