अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो, जलाशायहरुमा रौनक (फोटो फिचर) « Khabarhub

अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो, जलाशायहरुमा रौनक (फोटो फिचर)


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार छठका अवसरमा व्रतालुहरुले जलाशायमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । राजधानी काठमाडौँलगायतका देशको तराईमा छठ धुमधामका साथ मनाइएको छ । सूर्य भगवानको उपसाना गरिने यो परिवत्र पर्वमा अघिल्लो दिन अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्र्य दिइन्छ ।
मुख्यगरे मिथिला क्षेत्रमा छठ धुमधामका साथ मनाइन्छ । छठ पूजाका लागि जलाशायहरुलाई सिंगारिएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगपालिकाको महेन्द्रनगरको औरही खोलामा मनाइएको छठ पर्वको मनोरम आकर्षक दृश्य । तस्बीर : अजयकुमार साह, धनुषा रासस

जनकपुरधामको गंगासागर पोखरीमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिदैं गर्दा । तस्बीर : अजयकुमार साह, धनुषा रासस

सप्तरीको हनुमाननगरबाट छठ पर्वका दिन बुधबार साँझ अस्ताउँदै गरेको देखिएको सूर्य । तस्वीर : अरुणकुमार यादव,रासस

छठ पूजाको तेस्रो दिन बुधबार वीरगन्जको घडिअर्वा पोखरी छठ घाटमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै व्रतालुहरु । तस्वीर : विजय कुमार महत

सप्तरीको राजविराज नगरपालिका–६ स्थित तुरुन्ती पोखरीमा छठ पर्वको मुख्य दिन बुधबार षष्ठीका दिन निराहार ब्रत बसेर साँझपख अस्ताउँदो सूर्यलाई अर्घ दिदै महिला । तस्वीर : नानीमैया कटवाल, रासस, सप्तरी

छठ पर्वको अवसरमा बुधबार साझ कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ भक्तजनहरु दिँदै । तस्वीर : प्रदीपराज वन्त, रासस

छठ पर्वको अवसरमा बुधबार साझ कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ भक्तजनहरु दिँदै । तस्वीर : प्रदीपराज वन्त, रासस

धनगढीको मोहना घाटस्थित छठ पूजा स्थलमा बुधबार साँझ महाआरती गरिदैँ । तस्वीर : तिलकराज ओझा, रासस

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ९ : १४ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका