उपल्लो डोल्पालाई छुट्टै जिल्ला बनाउन माग « Khabarhub

उपल्लो डोल्पालाई छुट्टै जिल्ला बनाउन माग


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहलाई छुट्टै जिल्ला घोषणा गर्न जनप्रतिनिधिले माग गरेका छन् ।

एउटै भाषा, धर्म, संस्कृति भएको उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिका, छार्काताङ्सोङ् गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकालाई सांस्कृतिक संरक्षणसँगै आर्थिक तथा राजनीतिक विकासका लागि उपल्लो डोल्पाका जनप्रतिनिधिले छुट्टै जिल्ला घोषणाको माग गरेका हुन् ।

बुधबार डोल्पाबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङसहित तीन जना वडा अध्यक्षलाई माओवादी केन्द्रमा प्रवेश गराउन उपल्लो डोल्पा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थ मन्त्री जनार्दन शर्मा, पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेत, पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्य पहाडी समक्ष छुट्टै जिल्ला घोषणाको माग गर्दै ६ बुधे मागपत्र पेश गरेका हुन् ।

तीन गाउँपालिकाको बीचमा पर्ने धोमा एक प्रशासनिक सेवा केन्द्र स्थापना गर्न, वर्षेनी राज्यको करोडौं रकम खन्याइए पनि कछुवाको गतिमा काम भइरहेको दुनै, ल्यासीक्याप, धोसम्म सडक खुलाउने जिम्मा सेनालाई दिन, नेपाल–चीन जोड्ने मोरिम्ला नाका खुलाउन उनीहरूको माग छ ।

त्यसैगरी धो तिन्जे छार्का हुँदै मुस्ताङसम्म सडक खुलाउन आवश्यक बजेट विनियोजन गर्न, धो तरापमा हिमाली सहर निर्माण तथा एयरपोर्ट निर्माणका लागि विस्तृत अध्ययन गर्न आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ । उपल्लो डोल्पामा एक देश दुई नीति अवलम्बन गराउँदै स्थानीय जनशक्तिलाई सरकारी सेवामा प्रवेश गराउने र कात्तिकसम्म आर्थिक वर्ष राख्नसमेत माग गरिएको छ ।

मागपत्र बुझ्दै माओवादी केन्द्रका नेताहरूले उपल्लो डोल्पालीको आवाजलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका थिए । माओवादी केन्द्रमा प्रवेश गर्ने वडा अध्यक्षहरूमा वडा नम्बर १ का अध्यक्ष ग्याल्बो थापा भोटे, वडा नम्बर २ का अध्यक्ष छोइक्याप भोटे, वडा नम्बर ३ का अध्यक्ष पाल्जाङ्ग लामा रहेका छन् ।

त्यसैगरी वडा नम्बर ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङ्छुङ् गुरुङ्ग पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रभावशाली जनप्रतिनिधिको प्रवेशसँगै उपल्लो डोल्पामा माओवादी केन्द्र बलियो भएको माओवादी नेताहरूले बताए । डोल्पो बुद्ध गाउँपालिका नेकपा एमालेको बलियो पकड क्षेत्रको रूपमा रहेको थियो ।

एकीकृत समाजवादीका जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य धनबहादुर बुढा नेकपा एमालेबाट फ्लोर क्रस गरेर एकीकृत समाजवादीमा आएसँगै एमाले समर्थक नेता कार्यकर्तामा विचलन देखिएको छ । एमालेमा रहँदा प्रशस्त जनमत भएका बुढाले फरक पार्टीमा प्रवेश गरेपछि उपल्लो डोल्पाका जनप्रतिनिधिहरूमा विचलन देखिएको हो ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ९ : ३६ बजे

विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत– जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको

तनहुँमा अस्थायी मतदाता नामावली स्वीकृत

तनहुँ– जिल्ला निर्वाचन कार्यालय तनहुँले फागुन २१ गते हुने प्रतिनिधिसभा

आम्दानीको स्रोत अटोरिक्सा : मासिक ४० हजार रुपैयाँ आम्दानी

म्याग्दी– म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्न