इंग्ल्याण्डमाथि सनसनीपूर्ण जित निकाल्दै न्यूजिल्याण्ड फाइनलमा | Khabarhub Khabarhub

इंग्ल्याण्डमाथि सनसनीपूर्ण जित निकाल्दै न्यूजिल्याण्ड फाइनलमा


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इग्ल्याण्डलाई पराजित गर्दै न्यूजिल्याण्ड टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको छ ।

अबुधाबीमा न्यूजिल्याण्डलाई जितका लागि अन्तिम ४ ओभरमा ५७ रन आवश्यक हुँदा उसले तीन ओभरमै लक्ष्य भेटायो । टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको इंग्ल्याण्डले ४ विकेटको क्षतिमा १६६ रन बनाको थियो । १६७ को लक्ष्य पाएको न्यूजिल्याण्डले खराब सुरुआत गरेको थियो । पहिलो ओभरमै मार्टिन गप्टिललाई गुमाएको उसले त्यसपछि कप्तान केन विलियम्सन पनि सस्तैमा आउट हुँदा इंग्ल्याण्ड खेलमा हावी भएको थियो ।

तर न्यूजिल्याण्डका डेरिएल मिचेचल र ड्वेन काउनवेले टिमलाई उकासेका थिए । मिचेलले नटआउट ७३ रन बनाए भने काउनवेले ४६ रन बनाएका थिए । तर न्यूजिल्याण्डको जितमा जेम्स निशमको महत्वपूर्ण योगदान रह्यो । उनले सुरुदेखि नै हिटिंग गरेका थिए । १७ औं ओभरमा कृस जर्डानको ओभरमा २३ रन जोडेर उनले न्यूजिल्याण्डको जितको आशा देखाएका थिए । उनले ११ बलमा २७ रन बनाए ।

यसअघि इंग्ल्याण्डका लागि मोइन अलीले ५१ र डेबिड मलानले ४१ रन बनाएका थिए ।
\प्रतियोगिताको दोस्रो सेमिफाइनल बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच हुने छ । यो खेलको विजेताले उपाधिका लागि न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ११ : २९ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार