सबै उपलब्धिको सुरुवाती विन्दु « Khabarhub

सबै उपलब्धिको सुरुवाती विन्दु


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एडविन सी. वान्र्स ओरेन्ज न्यूजर्सीमा पचास वर्ष पहिले रेलबाट झरे । त्यस वेला उनी कुनै फुटपाथमा बस्ने मानिसजस्तै देखिन्थे । उनको विचार भने दृढ थियो ।

रेल स्टेशनबाट उनी थोमस एल्बा एडिसनको अफिसतर्फ जाँदै थिए । उनको मस्तिष्कले आफ्नो काम गरिरहेका थियो । कल्पनामै उनले आफूलाई एडिसनको सामुन्ने उभिएको देखे । उनी एडिसनको सामुन्ने आफ्नो जीवनको एकलौटी प्रबल इच्छा व्यक्त गरिरहेका थिए । महान् आविष्कारकका बिजेनस पार्टनर बन्ने प्रस्ताव राख्दै थिए ।

वान्र्सको इच्छा केवल आशा थिएन । केवल कामना थिएन । एक प्रबल इच्छा थियो । जुन उनको लागि सबैभन्दा माथि थियो । जसले प्रत्येक कुरा पार गथ्र्याे । उनको इच्छा एक निष्ठ थियो । उनमा एक निश्चित लक्ष्य थियो ।

केही वर्ष बित्यो । एडविन सी. वान्र्स एक पटक फेरि एडिसनको सामुन्ने उभिएका थिए । एडिसनसँग पहिलो पटक भेटेकै अफिसमा । यस पटक उनको प्रबल इच्छा वास्तविकतामा बदलिसकेको थियो । उनी एडिसनसित मिलेर बिजनेस गरिरहेका थिए । उनको जीवनको सबैभन्दा ठुलो सपना सत्य भइसकेको थियो ।

वान्र्स एक निश्चित लक्ष्य छानेको कारण र त्यस लक्ष्यलाई पूरा गर्न आफ्नो इच्छाशक्तिका साथ प्रयास जारी राखेकोमा सफल बनेका थिए ।

साभार : ‘सोच्नुहोस् र धनी बन्नुहोस्’ पुस्तकबाट

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : ४७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु