स्वास्थ्य

स्मरण शक्ति बढाउन के खाने ?

By खबरहब

December 10, 2021

१. पात भएको तरकारी सलाद, अण्डा, लसुन, माछा, दूध, दही, दाल, बन्दाकोबी, फूल कोभी, सुप, सख्खर, तिल, पालोङ्गको साग खानुपर्दछ ।

२. फलफूलमा जामुन, स्टेवरी, नरिवल, लिची, आँप, स्याउ, सुन्तला, टमाटर, गाजर खाने ।

३. राती भिजाएको ६ वटा बदाम बिहान मिस्रीसँग पिसेर बराबर मात्रामा मक्खन मिलाउने अनि सधैँ बिहान खाने ।

४. सधैँभरी बिहान एक कप दूध पिउनुपर्दछ ।

५. बिहान बेलुका खानामा अमला खाने ।

६. खाना खाइसकेपछि सख्खर र तिलबाट बनेको लड्डू चपाइ राख्ने ।

७. मक्खन, मिस्री र ५ वटा मरीच मिलाएर बिहान बेलुका खाने ।

८. पिस्ता, काजु, गहुँको बोटको रस खाने ।

साभार हाम्रो घरको डाक्टर’ पुस्तकबाट