संस्थापनमा पदाधिकारी र इतर समूहमा सभापतिकै उम्मेदवारको टुंगो लागेन « Khabarhub

संस्थापनमा पदाधिकारी र इतर समूहमा सभापतिकै उम्मेदवारको टुंगो लागेन


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महाधिवेशन सुरु हुन केहि घण्टा मात्रै बाँकी रहँदासमेत नेपाली कांग्रेसको कुन पदमा को उमेदवार भन्ने अन्योल कायमै रहेको छ।

शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षबाट सभापतिमा देउवा नै उठ्ने करिब निश्चित भएपनि अन्य १२ पदका उमेदवार अझै टुंगो लाग्न सकेको छैन। २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीका लागि देउवा पक्षबाट करिब दुई दर्जन नेताहरु आकांक्षी देखिएका छन् । आकांक्षीको सूची लामो हुँदा देउवालाई उम्मेदवार छान्न हम्मे हम्मे परेको हो।

रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर पक्ष चार दिनदेखि छलफलमा जुटे पनि सभापतिको साझा उम्मेदवार छान्न सकेको छैन। इतर पक्षबाट सभापतिको आकांक्षा राखेका पौडेलसँगै, प्रकाशमान सिंह र शेखर कोइरालाले दाबी नछाडेपछि सहमति हुन नसकेको हो ।

गणेशमान परिवारले सधैँ त्याग मात्रै गरेकाले यसपटक आफ्ना लागि अरूले छाड्नुपर्ने भन्दै प्रकाशमानले सभापतिको उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। उनले बबरमहलस्थित यलम्बर पार्टी प्यालेसमा अवधारणापत्र सार्वजनिक गर्दै छन्।

नेता शेखर कोइरालाले पनि बिहीबारबाटै प्रचार अभियान थालेका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘एकपटक, यसैपटक’ भन्दै सभापतिका लागि प्रचार अभियान सुरु गरेका हुन्। दुवै नेताले सभापतिका लागि प्रचार गरेपछि पौडेल बिहीबार दिनभरि कसैको सम्पर्कमा आउन चाहेनन्।

कोइराला र सिंह सहमतिमा आउन नसकेको भन्दै उनले आफूनिकट नेताहरूसँग चित्त दुखाएका छन्।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : २० बजे

जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित

एजेन्सी – रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित

आयोगमा निवेदन दिएर फर्किए गगनसहितका नेता (तस्बिरहरू)

काठमाडौं– गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनु पहिलो प्राथमिकता : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै